बुटवल,पुस २१ ।
जी ट्वान्टी फाइभ क्लव बुटवल-११ रुपन्देहीले १२ औँ रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गरिएको रक्तदान कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।
आज देवीनगर चौपारीमा रक्तदान गरिएको र कार्यक्रम सफल भएको कार्यक्रम संयोजक भेषराज अर्यालले बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा न ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले क्लवे निकै प्रशंसायोग्य सामाजिक काम गरिरहेको बताउनुभयो । उहाँले समाजमा क्लवहरूले सधै योगदान दिनुपर्ने बताउनुभयो ।
क्लवका अध्यक्ष जगदिश न्यौपानेले क्लवले विभिन्न रचनात्मक काम गरिरहेको बताउनुभयो । उहाँले गरिब, विपन्न र असहायहरुको लागि शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने, विपद् व्यवस्थापन, वातावरण, कला र संस्कृतिको संरक्षणमा समेत सघाउने लक्ष्य अनुरूप अघि बढिरहेको बताउनुभयो ।
सो अवसरमा क्लवका संस्थापक ,निवर्तमान,सल्लाहकार ,मार्गदर्शक,पदाधिकारी ,सदस्यहरूको सहभागिता रहेको सचिव रेशम महराले बताउनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटि रक्तसंचार केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)