बुटवल,पुस २० ।
रुपन्देही– २ बाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम सिफारिस भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस भएको हो ।
पूर्वअर्थमन्त्री पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए । उनले भने– ‘जिल्लाका अन्य क्षेत्रबाट पनि सिफारिसका लागि बैठक र छलफल चलिरहेका छन् तर क्षेत्र नम्बर– २ बाट पौडलको नाम एकल सिफारिस भएको छ। अन्य क्षेत्र पनि अब बिस्तारै आउँछ।’
रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन् । नेपाली कांग्रेसले भने रूपन्देही २ बाट आधा दर्जन नेताहरूको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ ।
कांग्रेसमा पनि सिफारिस :
रूपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसले प्रत्यक्षतर्फ युवराज गिरी, चुन्नुप्रसाद पौडेल, कुमार केसी, प्रकाश राना, प्रजापाल गिरी, मुक्तिराज पौडेल, सुदिप तिवारी र रिता केसीको नाम सिफारिस गरेको छ ।
त्यसैगरी समानुपातिकतर्फ बालकुमारी भण्डारी, रिता सेन, कविता अर्याल, समा श्रेष्ठ, महेश थैव, चित्रबहादुर केसी, रवि विक, प्रशान्त कोइरालाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हीरा खत्रीले जानकारी दिनु भयो ।
त्यसैगरी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट ६ जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ अब्दुल रज्जाक, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस हुनु भएको छ । यस्तै समानुपातिकमा गङ्गा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)