Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

इशान मृत्यु प्रकरण : ब्युटिसियन संघद्वारा निष्पक्ष र पारदर्शी छानबिनको माग

इशान मृत्यु प्रकरण : ब्युटिसियन संघद्वारा निष्पक्ष र पारदर्शी छानबिनको माग

  • 1.4K
    SHARES

  • इशान मृत्यु प्रकरण : ब्युटिसियन संघद्वारा निष्पक्ष र पारदर्शी छानबिनको माग

    बुटवल,पुस १८ ।

    नेपाल ब्युटिसियन संघ जिल्ला समिति रुपन्देहीले रुपन्देहीको कञ्चन गाउपालिका–३, धौलागिरी चोक निवासी स्व इशान शर्मा पौडेलको मृत्यु प्रकरणबारे गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ ।

    संघले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत सम्बन्धित निकायलाई बुझाएको ध्यानाकर्षण पत्रमा घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै हालसम्म सत्यतथ्य बाहिर नआएकोप्रति चिन्ता व्यक्त गरेको छ ।

    संघकी अध्यक्ष अनिता खत्रीका अनुसार घटनाको निष्पक्ष, वैज्ञानिक र विश्वसनीय अनुसन्धान नहुँदा पीडित परिवार थप पीडामा परेको छ ।
    ध्यानाकर्षण पत्रमा इशान शर्मा पौडेलको मृत्युबारे कुनै दबाब वा प्रभावबिना छानबिन गरी दोषी पहिचान गर्नुपर्ने, दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै पीडित परिवारलाई न्याय, सुरक्षा र विश्वास दिलाउन राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

    संघले अनुसन्धानको प्रगति नियमित रूपमा सार्वजनिक गर्न पनि माग गरेको छ । “न्याय ढिलो हुनु भनेको न्याय नहुनु हो,” भन्दै संघले इशान शर्मालाई न्याय नपाएसम्म आफ्नो आवाज नरोकिने स्पष्ट पारेको छ ।

    नेपाल ब्युटिसियन संघ रुपन्देहीका अध्यक्ष अनिता खत्री चुदाली र संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति शर्माले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा सम्बन्धित निकायलाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गरी न्याय स्थापना गर्न आग्रह गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology