बुटवल,पुस १८ ।
कपडा तथा खाद्य बैंक नेपालले सम्मान कार्यक्रम गरेको छ।
कपडा तथा खाद्य बैंक नेपालले समाजसेवी उद्यमी जि.सी. ग्रुपका अध्यक्ष ईश्वर जि.सी., लुम्बिनी लायन् एनपीएलका फाउण्डर ईश्वर जीसी, र नेपाली क्रिकेट जगतका अभिभावक प्रशिक्षक शक्ति प्रसाद गौचनलाई सम्मान गरेको हाे।
कार्यक्रममा ईश्वर जीसी ले कपडा बैंकमा सहभागी हुने र सहयोग गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यस अवसरमा कपडा बैंकले उहाँलाई सम्मान प्रदान गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।
कार्यक्रममा कपडा तथा खाद्य बैंक नेपालका अध्यक्ष कमल जि.सी., ज्योतिष जनार्दन न्यौपाने सहित विभिन्न बुद्धिजीवी, समाजसेवी र संस्थासम्बद्ध व्यक्तित्वहरूको विशेष उपस्थिति थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)