Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नवीन औद्योगिक कदर बहादुर रीता माविमा स्वर्ण महोत्सव तयारी

नवीन औद्योगिक कदर बहादुर रीता माविमा स्वर्ण महोत्सव तयारी

  • 795
    SHARES

  • नवीन औद्योगिक कदर बहादुर रीता माविमा स्वर्ण महोत्सव तयारी

    बुटवल,पुस १३ ।

    नवीन औद्योगिक कदर बहादुर रीता मा.विले स्वर्ण महोत्सव मनाउने भएको छ ।

    बुटवल ११ देविनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर रीता मा.विले स्वर्ण महोत्सव मनाउदै छ । विद्यालयलेआइतबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानाकारी गराएको छ । वि.सं. २०२३ सालमा स्थापना भएको यस विद्यालयले स्वर्ण महोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने भएकोविद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताउनुभयो ।

    बस्नेतका अनुसार आँखा शिविर, रक्तदान देखिविभिन्न प्रतियोगिताका साथ रचनात्मक कार्यक्रम हुनेछन् ।

    सामुदायीक तर्फ मुलुकका केही उत्कृष्ट विद्यालय मध्येमा पर्ने यस विद्यालयमा नेपालका ५८ वटा जिल्लाकाविद्यार्थीहरू अध्ययनरत रहेको बस्नेतले बताए । पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुने यस विद्यालय विद्यार्थीसंख्याका आधारमा नेपालमा पाँचौं विद्यालयमा पर्दछ । यहा ५ हजार ६४ जना विद्यार्थी रहेको प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।IMG_2413.jpeg
    त्यस्तै यहा राष्ट्रिय सेवा दलद्वारा सिनियर डिभिजन २० औं क्याडेट संचालनमा छ । जसमा १५ छात्र र १५ छात्रारहेका छन् । नेपालमा आ.व. २०८१।८२ मा सात प्रदेशका ४२ वटा विद्यालयहरूमध्ये शैक्षिक असल अभ्यासमानेपाल द्वितीय भएको यस विद्यालयले अस्ट्रेलियामा बेस्ट प्रिन्सिपल अवार्ड प्राप्त गरेको थियो ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले प्रधानाध्यापक बस्नेतको नेतृत्वकोटिमको मिहिनेतले विद्यालयमा शैक्षिक गुणस्तर राम्रो बनेको धारणा राखे ।


    २०८१ को SEE परीक्षामा रुपन्देही जिल्लामा उत्कृष्ट परीक्षा केन्द्र घोषणा भई सम्मानित भएको यस विद्यालयमाविद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा विद्यार्थीहरूद्वारा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्घोषण गर्ने, विद्यार्थीहरूद्वारा फिल्ड भिजिट तथा प्रयोगात्मक अभ्यासका अनुभव अंग्रेजीमा व्यक्त गर्ने गरेको प्रध्यानाध्यापकबस्नेतले बताउनुभयो  ।

    नवीन सिभिल इन्जिनियरिङमा (कक्षा ९–१२) मा नेपालमै उत्कृष्ट रहेको र एमबिबिएसमा प्रत्येक वर्ष नामनिकाल्न सफल रहेको उनले बताए । यहा अखिल नेपाल फुटबल संघका १२ जिल्लाका ३० जना खेलाडीहरूअध्ययन गर्छन भने कक्षा ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनियरिङ, विज्ञान, कानुन र शिक्षा समूह अध्यापनहुने गर्दछ । यस विद्यालयबाट २०८१ को एसइइ मा आर्यन पौडेलले ४ जिपिए सहित ९४ प्रतिशत विद्यार्थी उत्तीर्णभएका थिए ।
    २०८२ को कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन समूहका माधव खनाल ३.९४ जिपिए ल्याई नेपाल द्वितीय रविज्ञान समूहका राजु यादव ३.९४ जिपिए ल्याई नेपाल तृतीय र चिकित्सा शिक्षा आयोगद्वारा लिइएकोएमबिबिएसमा सामुदायिक विद्यालयको तर्फबाट ५५ औं रेंकमा नाम निकाल्न पवन पौडेल र शिशिर राना मगरलेपूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

    विद्यालयमा शिक्षक तथा कर्मचारी गरी १८४ जना कार्यरत रहेका छन् । विभिन्न क्षेत्रमा यहाका विद्यार्थीलेउत्कृष्टता हासिल गरेको विद्यालयले जनाएको छ । लुम्बिनी प्रदेश नमुना विद्यालयका रुपमा रहेको नवीन विज्ञानप्रवर्द्धन कार्यक्रम अन्तर्गत नेपालमा ११४ वटा विद्यालयमा छनौट भएको छ ।
    विद्यालयले स्वर्ण महोत्सव तथा अभिभावक दिवस २०८२ मूल समारोह बुटवल उपमहानगरपालिका प्रमुखखेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा यही पुस २२ गते सम्पन्न गर्नेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, पौष १३ २०८२०९:३२:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology