बुटवल,पुस ९ ।
श्रम संस्कृति पार्टी रुपन्देहीमा कुनैपनि विवाद नभएको पार्टीले जनाएको छ । गुट उपगुट नभइ एकढिक्का रहेको जनाईएको छ ।पुस ५ गते ट्राफिकचोकमा भएको आमसभाको कार्यक्रमको तालिका केन्द्रसँगको परामर्शमा नै तयार पारेको जनाएको छ ।पार्टीका केन्द्रिय उपाध्यक्ष डा. मित्र परियारले आयोजकले कार्यक्रमको ‘सेडुल’ विगारेको भन्दैकार्यक्रम स्थलमा नै चर्को असन्तुष्टि व्यक्त गरेका थिए ।सो लगत्तै पार्टीकासंयोजक हर्क साम्पाङ राईलेडा.परियारले आयोजकको अपमान गरेको भन्दै उनलाई निलम्बन गरेका छन् ।
श्रम संस्कृति पार्टी रुपन्देहीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तालिकाको निर्धारणकेन्द्रसँगको सहकार्यमा नै तयार गरेको बताएको हो ।पार्टीका जिल्ला छविलाल गुरुङले रुपन्देहीमा विवाद रहेकोभन्ने कुरामा कुनै पनि सत्यता नरहेको दाबी गरे । पुस ५ गते पार्टीले आयोजना गरेको आमसभा आफुहरुले सोचेभन्दा पनि बढी सफल भएको बताए ।पार्टीमा पहिला केही सामान्य विवाद भएता पनि महासचिवको रोहवरमासम्पूर्ण विवाद मिलेको समेत उनले बताए ।
पार्टीका जिल्ला सहसंयोजक केशव न्यौपानेले कार्यक्रम संचालनको क्रममा सामान्य तल माथि हुनुलाई स्वभाविकनै रहेको बताए । यस्तै न्यौपानेले आइतबारदेखि चुनाव केन्द्रित घरदैलोको कार्यक्रम गर्ने बताए ।
उनले कार्यक्रम भव्य रुपमा सम्पन्नभए पछि पार्टीलाई अनावश्यक रुपमा विवादमा तान्ने प्रयास भएको दाबी गरे । अर्का सहसंयोजक पूर्ण वि.क.ले पार्टीले पुस ५ गते गरेको कार्यक्रमले आफुहरुलाई संगठन निर्माण गर्नका लागिथप उर्जा प्रदान गरेको बताए ।
video :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)