बुटवल, पुस ८ ।
स्कलर्स होम सेकेण्डरी स्कुलले १२ अौ संस्करणको जिल्लास्तरीय अन्तर विधालय रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता गर्ने भएको छ ।
३४ अौं बार्षिकउत्सवमा विविध रचनात्मक कार्यक्रम गर्ने भएको हो ।
मंगलबार विद्यालयको सि ब्लकमा पत्रकार सम्मेलन गरि पुस १० गते हाजिरिजवाफ तथा ११ गते विधालयको पुरस्कार वितरणसहित विविध कार्यक्रम गरिने प्राचार्य बाबुराम बन्जाडेले बताए। हाजिरी जवाफको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतिय ४५०० रुपैयाबाट पुरस्कृत गरिने उनले बताए।
`अहिलेसम्म ४० विधालय दर्ता भएको छ।´- उनले भने । प्रतियोगितामा कक्षा १० सम्म र एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान छ ।
गतवर्ष एभरेष्ट ईगलिस बोर्डिङ स्कुलले विजेता थियो। न्यु होराईजनले दुईपटक लगातार २ पटक ३/३ वर्ष शिल्ड लगेको छ।
कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्यालले सामाजिक कार्यमा योगदान स्वरुप विधालय शुरु भएको बताए ।विधालय आईएसओ मान्यता समेत पाएको उनले बताए।
कार्यक्रममा विधालय संस्थापक शिव गुरुङले आफु भारतमा अध्ययन गरेर तेहि शिक्षा दिने गरि स्कलर्स स्थापना गरेको बताए। परिक्षाको प्रश्नपत्र अभिभावकलाई देखाउने, मार्शल आर्ट सिकाउने, अौपचारिक कार्यक्रम विधार्थीहरुलाई जिम्मा दिने शुरुवात गरेको उनले बताए।
कार्यक्रममा संस्थापिका लक्ष्मी गुरुङ, भाइस प्राचार्य टिकाराम गौतमले वडा नं ९ मा नै एकमात्र विधालय भएको बताए।
हाल विधालयमा कक्षा नर्सरी देखि १२ सम्म १५०० विधार्थी तथा बिबिएसमा डेढ सय विधार्थीहरु अध्ययरत छन। यहां १२० जना शिक्षक कर्मचारीहरु छन।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)