बुटवल,पुस ७ ।
तिलोत्तमा माध्यमिक बिद्यालय बुटवल ६ को ६२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयको बार्षिकोत्सव उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा न ६ का वडाध्यक्ष लोकनाथ न्यौपानले शिक्षाको विकासको लागि सवैले आ आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।
उहाले गरिब तथा बिपन्न बिद्यार्थी र अभिभावकले शिक्षाका लागि तिलोत्तमा रोजिरहेको बताउनुभयो । उहाले बुटवल शिक्षामा हवका रुपमा बिकास भैरहेको दाबी समेत गर्नुभयो ।बिद्यालयका अध्यक्ष ताराप्रसाद ज्ञवालीले बिद्यालयले बिस्तारै गति लिएको र शैक्षिक गुणस्तर सुधार भैरहेको बताउनुभयो ।
उहाले जहेन्दार, गरिब तथा बिपन्न बिद्यार्थी र अभिभावकलाइ गुणस्तिरय शिक्षाका लागि तिलोत्तमाले हरतरहले काम गरिरहेको बताउनुभयो ।सो अबसरमा बुटवल उपमहानगरपालिका शिक्षा शाखा अधिकृत यादव चन्द्र बिष्ट,कान्ती माबिका प्राचार्य गोबिन्द ज्ञवाली,सेतो गुरासकी उमा भण्डारी,चन्दा दाता श्याम शर्मा,प्रधानाध्यापक इश्वर प्रसाद रेग्मी,सहायक प्रधानाध्यापक केशव पन्थी लगायतले बोलेका थिए ।
बिद्यालयको आर्थिक प्रतिबेदन सुजाता खाणले प्रस्तुत गरेको सो कार्यक्रमको संचालन भने शिक्षिका साबित्रा ज्ञवालीले गर्नुभएको थियो । सो अबसरमा बिभिन्न अक्षयकोषदाताहरु ,सहयोगीहरु, तथा उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरिएको छ ।सो बिद्यालयमा करिब ४५० जना बिद्यार्थी रहेको प्रधानाध्यापक इश्वर प्रसाद रेग्मीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)