Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नेपाल अध्यापक संघ रूपन्देहीमा पुन : समिरको अध्यक्षतामा १६ सदस्यीय नेतृत्व चयन

नेपाल अध्यापक संघ रूपन्देहीमा पुन : समिरको अध्यक्षतामा १६ सदस्यीय नेतृत्व चयन

  • 1.4K
    SHARES

  • नेपाल अध्यापक संघ रूपन्देहीमा पुन : समिरको अध्यक्षतामा १६ सदस्यीय नेतृत्व चयन

    बुटवल,पुस ६ ।

    नेपाल अध्यापक संघ जिल्ला कार्यसमिति रूपन्देहीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  

    अधिवेशनले पुन: एकराज पौडेल समिरको अध्यक्षतामा १६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा कविता रुपाखेती,यज्ञप्रसाद न्यौपाने,सचिवमा लेकबहादुर पौडेल,सहसचिव देवबहादुर क्षेत्री,अंकिता थापा क्षेत्री,इन्दिरा भट्टराइ तथा कोषाध्यक्षमा जउन्ती पाण्डे चयन भएका छन् ।

    बुटवलमा भएको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पार्टीलाइ बलियो बनाउन र उर्जाशील बनाउन शिक्षक बर्गको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

    यस प्रकारका संगठनलाइ सबैले सहयोग गर्दै संगठित बन्नुपर्ने बताउनुभयो । सो अबसरमा कांग्रेस क्षेत्रीय सभापति प्रजापाल गिरि,नगर उपसभापति ज्योति भण्डारी, नेपाल अध्यापक संघ प्रदेश संयोजक बिष्णु भण्डारी लगायतले बोलेका थिए ।

    संघमा संस्थागत तथा निजी शिक्षालयमा अध्ययन गराउने शिक्षकहरू आवद्ध छन् ।IMG_2124.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, पौष ६ २०८२०६:०३:०५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology