Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

देवीनगर सरसफाइ तथा वातावरण सहकारीमा नयां नेतृत्व ,अध्यक्षमा पौडेल

देवीनगर सरसफाइ तथा वातावरण सहकारीमा नयां नेतृत्व ,अध्यक्षमा पौडेल

  • 618
    SHARES

  • देवीनगर सरसफाइ तथा वातावरण  सहकारीमा नयां नेतृत्व ,अध्यक्षमा पौडेल

    बुटवल,पुस६ ।

    देवीनगर सरसफाइ तथा वातावरण  सहकारी संस्था लिमिटेड बुटवल ११ को पांचौं साधाणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

    अधिवेसनले अध्यक्षमा सुरेश पौडेल उपाध्यक्षमा भगवती पन्थी, सचिवमा हरी प्रसाद भट्टराई, कोषाध्यक्षमा राम बहादुर खनाल ,  सहसचिवमा शलिकराम न्यौपाने लाइ चयन गरेको छ ।

    त्यस्तै सदस्यहरुमा रामकृष्ण कँडेल , गौधारा गुरुङ्ग , बालुराम भण्डारी र रुपा आचार्य चयन गरेको छ ।

    यस्तै  लेखा संयोजकमा लक्ष्मण पोखरेल,  सदस्यहरु धना गौतम  र दुर्गा बहादुर खनाल निर्विरोध निर्वाचित गरेको छ ।  अध्यक्ष भूमेश्वर खत्रीले सहकारीको कार्यक्षेत्रलाई अझै फराकिलो बनाउँदै दायरा बढाउने गरी सरसफाई संगै हरियाली र उज्यालोको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सहकारीले सञ्चालन गरेको सरसफाई अभियान सन्तोषजनक रहेको बताउँदै सरसफाईसंगै हरियाली प्रवद्र्धन र उज्यालो बुटवलको क्षेत्रमा पनि काम गर्ने नीति बनाउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा बुटवल ११ का वडाध्यक्ष  रामचन्द्र क्षेत्री,बुटवल उपमहानगरपालिकाका उपनिर्देशक दामोदर ज्ञवाली, सहकारी शाखा प्रमुख गुणाखर खनाल,सरसफाइ तथा अनुगमन शाखा प्रमुख लक्ष्मी अर्याल,कृषि शाखा प्रमुख सन्तोष केसी,सहकारीका सल्लाहकार लिलाधर लुइटेल, संस्थाका उपाध्यक्ष गोपाल घिमिरे ,सचिव सुरेश पौडेल, लेखा संयोजक बिष्णु पंगेनी लगायतले भनाई राख्नुभएको थियो ।

    साधारण सभामा संस्थाका अध्यक्ष भुमेश्वर खत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हरिप्रसाद भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विष्णुप्रसाद पंगेनीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, पौष ६ २०८२०५:४२:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology