Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा शङ्ख बजाउने प्रशिक्षण,२ सय जना सहभागी

बुटवलमा शङ्ख बजाउने प्रशिक्षण,२ सय जना सहभागी

  • 1.7K
    SHARES

  • बुटवलमा शङ्ख बजाउने प्रशिक्षण,२ सय जना सहभागी

    बुटवल,पुस ५ ।

    रूपन्देहीको बुटवलमा शंख बजाउन सिकाउन प्रशिक्षण चलाईएको छ ।धर्म, संस्कार कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक लुम्बिनी पूजासामग्री भण्डार बुटवलद्वारा सामूहिक शंख बजाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको आयोजकको दाबि छ ।

    विश्व हिन्दु महासंघ बुटवलको सभाहलमा आयोजित कार्यक्रममा २० जना प्रशिक्षकहरूले विभिन्न समूहमा २०० जना प्रशिक्षार्थी हरूलाई विभाजन गरी शंख बजाउने अभ्यास गराइएको थियो ।

    कार्यक्रममा शंखको उत्पति, परिचय, शंखको धार्मिक, सांस्कृतिक वैज्ञानिक महत्व, शंख फुक्दा स्वास्थ्यमा, वास्तुमा, पर्यावरणमा हुने लाभको बारेमा वाचन सम्राट एवं धार्मिक अभियन्ता भीमकान्त पन्थीले कार्यपत्र पेश गर्नुभएको थियो ।

    प्राध्यापक डाक्टर बाबुराम ज्ञवालीले गीता र विभिन्न पुराणहरुमा शंखको महिमा, स्थान र कथा प्रसंग भएको उल्लेख गर्नुभएको थियो ।

    घरघरमा शङ्ख भएर पनि बिहान सांझको नित्य पूजामा बज्न छोडेको, शंख बजाउने इच्छा भंखर पनि बजाउन नजानेको र कतिपय देवकार्यमा समेत बज्न छोडेकोले शंख प्रशिक्षण कार्यक्रमक मार्फत सबैलाई शंख बजाउन सिकाउने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानले जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमा पहिलोपटक यस प्रकारको कार्यक्रम देख्ने अवसर पाएको र साच्चिकै यसले हाम्रो सनातन धर्म संस्कृतिको रक्षार्थ ठूलो टेवा पुर्या विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमको संचालन सुन्दर भण्डारीले गर्नुभएको थियो ।

     

    IMG_2108.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, पौष ५ २०८२११:१२:११

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology