बुटवल,पुस ५ ।
श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा मित्र परियार कारबाहीमा परेका छन् ।बुटवलमा आज भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाहीगरिएको अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
`श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाहीगरिएको जानकारी गराउँदछु,´ सम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।
उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए ।` कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,´परियारले भनेका थिए, `ध्यान यता मन यता हुन सक्दैन । म केन्द्रीय उपाध्यक्ष हो । म पनि बोल्न पाउनुपर्छ । ध्यान अन्त मोड्न हुँदैन ।´
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)