Logo मंगलवार, श्रावण १२ गते २०८३
images

न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलको ३३ औँ वार्षिकोत्सव

न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलको ३३ औँ वार्षिकोत्सव

  • 1.0K
    SHARES

  • न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलको ३३ औँ वार्षिकोत्सव

    बुटवल,पुस ५ ।

    बुटवल १२ नयाँगाउँ स्थित न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलले ३३ औँ वार्षिकोत्सव  तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

     बुटवल उपमहानगरपालिका शिक्षा विभाग तथा बाल तथा आधारभुत शिक्षा शाखा प्रमुख कोपिला ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

    उक्त अवसरमा बोल्दै शिक्षा शाखा प्रमुख ज्ञवालीले स्कुलले बालबालिकाहरुलाई राम्रो शिक्षा दिएको बताईन् । उनले बालबालिकाहरुलाई व्यवहारिक शिक्षा दिनु पर्ने बताउदै बालबालिकाहरुलाई  अभिभावकहरुले घरमा पनि ख्याल गर्नुपर्ने बताईन् ।

     बालबालिकाहरुलाई साथी जस्तै व्यवहार गर्नु पर्ने उनले बताईन् । असल नागरिक बनाउनकालागि सबै जना लाग्नुपर्ने बताउदै बुटवलमा  राम्रो शिक्षा पाईने उनले बताइन् । न्यु स्ट्याण्डर्ड इङ्गलिस हाई स्कुलका प्राचार्य  शारदा ज्ञवालीले विद्यालय  निकै कठिन मोडमा स्थापना भएको  बताउदै अहिले धेरै अभिभावकहरुको मन जित्न सफल रहेको बताईन । उनले विद्यालयलाई अझ राम्रो र व्यवस्थित बनाउने प्रतिबद्धता समेत जनाईन । उनले विद्यालयलाई यहाँसम्म ल्याउन सम्पुर्ण शिक्षकहरुको भुमिका रहेको बताईन् । रुपन्देही व्यापर संघका संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले सस्था संचालन  गर्न  निकै चुनौती रहेको बताउदै  स्कुलले निकै राम्रा कामहरु गरेको बताए ।

    नयाँगाउँ माध्यामिक विद्यालयका प्राचार्य पुरुषोत्तम भट्टराईले नेपालका बिद्याथिले जुन सुकै देशमा  गएर पनि प्रतिस्पर्धा गर्न सक्ने भएको बताए । शिक्षक र अभिभावकहरुको सम्बन्ध निकै नजिकको हुनुपर्ने बताउदै विद्यार्थिको लागि ४ जिपिएलाई  मात्र  मुल्याङ्कन गर्न नहुने बताए । प्रेसो रुपन्देहीका अध्यक्ष यमन भण्डारीले बालबालिकाहरुलाइ सभ्य नागरिक बनाउनका लागि विद्यालय पठाउनु पर्ने बताए । बालबालिकाहरुलाइ घरमै पनि राम्रो संस्कार सिकाउनुपर्ने बताए ।

    अभिबाबक संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष  हेम थापाले अभिभाबकहरुले जहिलेपनि संस्कार सहितको शिक्षा प्रबिधि युक्त शिक्षा र माटो सुहाउदो शिक्षा चाहिने भएकाले त्यस्तो खालको शिक्षा दिनु पर्ने उनले बताए । प्याप्सन बुटवलका अध्यक्ष मित्रहरी आचार्य संस्थागत बिद्यालय कसैको प्रतिस्पर्धी नभएको बताए । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले अभिभावकहरूले साना साना कुराहरुमा पनि ध्यान  दिनु पर्ने बताए । बालबालिकाहरुको जग बलियो बनाउनकालागि अभिभावकहरु लाग्नु पर्ने बताए । मुक्तिनाथ धाम योग साधना केन्द्र  प्रशिक्षक विष्णु कौडिन्यले बालबालिकाहरुले योग साधनमा पनि ध्यान दिनु पर्ने बताईन् ।

    न्यु स्ट्याण्डर्ड ईङ्गलिस हाइ स्कुलका बिद्यालय व्यवस्थापन समितिका सदस्य घनलाल बसेलले स्कुलबाट उत्पादन भएका बिद्यार्थीहरु राम्रा राम्रा ठाउमा पुगेको बताए।

    यस्तै कार्यक्रममा समाज सेवि लक्ष्मण खरालले स्कुलले राम्रा बिद्यार्थिहरु उत्पादन गरेको बताउदै बिद्यार्थिहरुले मोबाइलमा अनावश्यक चिजहरु हेर्न दिन नहुने बताए । नेपाल  पुस्तक तथा स्टेसनरी व्यबसायि  संघ बुटवल नगर अध्यक्ष  राम प्रसाद भुसालले शिक्षा व्यबहारिक बनाउनु पर्ने बताए ।

    कार्यक्रम मा स्कुलका शिक्षक यमलाल पौडेल लगायतले बोलेका थिए । विद्यालयले जेष्ठ नागरिक रोमनाथ  ज्ञवालिलाइ सम्मान  गरिएको थियो भने  शैक्षिक , खेलकुद र अतिरिक्त किर्याकलापमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार बितरण समेत गरेको थियो कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुले निर्त्य र गायन  समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षता, सह प्राचार्य बाबुराम  भण्डारीको स्वागत तथा शिक्षिका टिका शर्मा ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology