Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

  • 921
    SHARES

  • रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

    बुटवल,पुस ३ ।

    तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

    उच्च अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ । धरौटी बराबरको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् ।लामिछानेले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।लामिछाने अहिले नख्खु कारागारमा रहेका छन् ।

    अदालतले विदेश यात्रा गर्न परेमा पूर्वजानकारी गराउनुपर्ने आदेश पनि दिएको छ ।यसैबीच तुलसीपुर उच्च अदालत, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उनीसँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन् ।

    जोशीको धरौटी बराबरको रकम राखेर रिहा हुने निवेदन रितपूर्वक पेस नभएको भन्दै अदालतले छविलाई पनि निवेदन पेस गरेमा निर्णय हुने आदेशमा भनिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology