बुटवल, मंसिर २८ ।
पश्चिम नेपाल यातायात बहुउद्देश्सिय सहकारी संस्था लि.को पाँचौं बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन बुटवलमा सम्पन्न भएको छ । यातायात ब्यबसायी र मजदुरको हित र संरक्षण गर्ने उद्देश्यसहित बिसं २०७८ सालमा सो सहकारी संस्थाले स्थापनाको छोटो अवधी मै ३३ सय भन्दा बढि शेयर सदस्य र ९ करोड भन्दा बढिको आर्थिक कारोबार गर्न सफल भएको छ ।
कार्यक्रममा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दधिराम खरेलले कार्तिक मसान्तसम्म १ करोड ६६ लाख १७ हजार २०० रुपैयाँ शेयर पुँजी र ७ करोड २४ लाख ९७ हजार ३६७ निक्षेप संकलन गरेको बताउनु भयो ।
साथै समिक्षा अवधीमा संस्थाले आर्जन गरेको ब्याजसमेत कुल पुँजी ९ करोड ६२ लाख ९७ हजार १८१ रुपैयाँ रहेको उहाँले जानकारी गराउनु भयो । बस ब्यबसायी र यातायात मजदुरले जिवनको उत्तरार्धमा आर्थिक बिपन्नताको सिकार हुन नपरोस भनेर यो बिशिष्ट प्रकारको सहकारी संस्था स्थापना गरिएको उहाँको भनाई थियो ।
पश्चिम नेपाल बस ब्यबसायी संघका पुर्व अध्यक्ष तुलसीराम बन्जाडेले यातायात ब्यबसायी र मजदुरका परिवारको सामाजिक सुरक्षा लगाएतका हकहित संरक्षण र आर्थिक योगदान पुराउने उद्देश्यले सहकारी स्थापना गरिएको बताउनु भयो । यातायात ब्यबसायी र मजदुरको जिवनमा संकट आईपर्दा अभिभावक बनेर उनिहरुको परिवारलाई बिचल्ली हुनबाट रोक्ने मुल लक्ष रहेको कुरामा उहाँको जोड थियो ।
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का प्रबन्ध संचालक रामचन्द्र भुसालले मासिक १ हजार, ५ सय रुपैयाँको दरले जम्मा गरेको बचतले पनि कालान्तरमा परिवारमा बिपत्ती आउदा ठुलो राहत प्रदान गर्ने कुरा उहाँले बताउनु भयो ।
शेयर सदस्यको जिवनमा कुनैपनि प्रकारको दुर्घटना भै निधन भएमा वा घाईते भै काम गर्न नसक्ने भएको अवस्थामा सहकारीले निजको परिवारका लागि राहतको एउटा महत्वपुर्ण आधार बन्ने बिश्वास उहाँले ब्यक्त गर्नुभयो ।
संस्थाका सचिव जितेन्द्र खत्रीले आजै यातायात क्षेत्रमा ब्याप्त रहेको कमाउ आजै खाउ भन्ने सोंच र संस्कारलाई बदल्ने अभिप्रायःले सहकारीमा आवद्ध हुन सबै ब्यबसायी र मजदुरका परिवारलाई समेत आग्रह गर्नुभयो ।
शेयर सदस्यहरुको हितमा नाफामुखी ब्यबसाय प्रबद्र्धन गर्दै बहुउद्देश्सिय परियोजनाहरु संचालन गर्ने जमर्को समेत गरिएको उल्लेख गर्दै सचिव खत्रीले सहकारीको सिद्धान्त र भावना समेट्दै आयआर्जन पनि बढाउदै लैजाने खालका परियोजना संचालन गरिने जानकारी गराउनु भयो ।
सो अवसरमा निर्वाचन समितिको तर्फबाट मोहन पिएस, यातायात मजदुर संघ संगठनका तर्फबाट कृष्ण कंडेल, महिला शेयर सदस्य राधिका सिग्देल, प्रा.लि.का कर्मचारी मधुसुधन अधिकारी लगाएतले यातायात ब्यबसायी, मजदुर र कर्मचारीका समस्या तथा समाधानका उपायहरु बारे चर्चा गरेका थिए । संस्थाले समिक्षा अवधीमा ४ जना यातायात ब्यबसायी, मजदुर र कर्मचारीको निधन पश्चात परिवारलाई १५ देखि २२ लाखसम्म राहत रकम उपलब्ध गराईसकेको छ ।
यसैबिच सम्पन्न अधिबेशनबाट संस्थाको अध्यक्षमा दधिराम खरेल पुनः सर्वसम्मत रुपमा चयन हुनुभएको छ । उपाध्यक्षमा जिवनकुमार बन्जाडे, सचिवमा जितेन्द्र खत्री, कोषाध्यक्षमा नारायण भण्डारी पनि सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद भट्टराईले बताउनु भयो ।
साथै सदस्यहरुमा मन्जु बस्नेत क्षेत्री, कृष्ण प्रसाद न्यौपाने, राजेन्द्रकुमार पौडेल, बिष्णु प्रसाद पाण्डे, खुमा अधिकारी पनि सर्वसम्मत चयन हुनुभएको उहाँले जानकारी गराउनु भयो । यस्तै लेखा समिति संयोजकमा संजयकुमार मुडभरी, सदस्यहरु रन्जित खनाल र मिना भट्टराई ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको उहाँको भनाई छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)