Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

विनियमावली उल्लंघन गर्दै विद्युत प्राधिकरण बुटवलकी कर्मचारी थापा एमाले महाधिवेशन प्रतिनिधि

विनियमावली उल्लंघन गर्दै विद्युत प्राधिकरण बुटवलकी कर्मचारी थापा एमाले महाधिवेशन प्रतिनिधि

  • 1.5K
    SHARES

  • विनियमावली उल्लंघन गर्दै  विद्युत प्राधिकरण बुटवलकी कर्मचारी थापा एमाले महाधिवेशन प्रतिनिधि

    बुटवल,मंसिर २८ ।

    नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी एक कर्मचारी नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि (मतदाता) बनेको पाइएको छ । कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि भएकी हुन् ।

    अहिले सामाजिक संजालमा उनले सरकारको कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । विनियमावलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरुले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने उल्लेख छ ।

    यस्तै कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्नेगरी राजनीतिक प्रचार प्रसार गर्नु गराउन नपाइने उल्लेख छ ।

    तर, प्राधिकरणकी वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा एमाले महाधिवेशन प्रतिनिधि चयन भएर महाधिवेशनमा सहभागी भएकी हुन् । महाधिवेशनको उद्घाटन समारोहमा थापा पुगेको तस्वीर सार्वजनिक भएपछि आलोचना सुरु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology