Logo बिहिवार, आश्विन १ गते २०८३
images

थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण

थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण

  • 3.3K
    SHARES

  • थोर्गा रुपन्देही सम्पर्क समाजको अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण

    बुटवल,मंसिर २७ ।

    थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको आज तिलोत्तमा शंकरनगरमा भएको एघाराैँ साधारणसभा तथा चौथो अबिधेशनले आगामी ३ बर्षका लागि षडानन्द पोखरेलको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।

    समाजको उपाध्यक्षमा अर्जुनप्रसाद पोखरेल सचिबमा लक्ष्मण गौतम,कोषाध्यक्षमा बिदुर ज्ञवाली, सहसचिबमा प्रेमप्रसाद पोखरेल,सह कोषाध्यक्षमा कृष्ण ज्ञवाली सर्वसम्मत चयन हुनुभएको छ ।

    यस्तै सदस्यहरुमा मदन ज्ञवाली, चक्रबन्धु ज्ञवाली,यादब ज्ञवाली,गंगा ज्ञवाली,कपिल ज्ञवाली,प्रकाश पन्थ,भिम ज्ञवाली,केशव ज्ञवाली,पिताम्बर ज्ञवाली,हरि गौतम,दुर्गा ज्ञवाली,महेश ज्ञवाली,पिताम्बर ज्ञवाली,शुसिल ज्ञवाली,प्रदिप ज्ञवाली,पिताम्बर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य बेदराज ज्ञवालीले बताए।

    उद्घाटन सत्रमा बोल्दै बक्ताहरुले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेक र बेसीको रुपमा हेर्नुपर्ने बताए । उनीहरुले पहाड लेक र तराइ बेसी भएको भन्दै गाउँको विकासमा हातेमालो गर्नुपर्ने बताए ।IMG_1750.jpeg

    नवनिर्वाचित अध्यक्ष पोखरेलले थोर्गा स्थाई घर भई रुपन्देही झरेका बासिन्दाहरुमा भातृत्व विकास हुने गरि एकता गराउने संस्थाको मुलमर्म अनुसार अघि बढ्ने बताए।  

    पोखरेलले रचनात्मक र सामाजिक कार्यहरु गर्दै अघि बढ्ने  र जन्मभूमिको तिर्सना मेटाउने कार्यहरु गर्ने बताए । कार्यक्रममा समाजका अध्यक्ष ओम ज्ञवालीले आफ्नो कार्यकालमा रचनात्मक कामहरू गरेर समाजलाइ पहिचान दिलाउन सकेको बताए ।

    सो अवसरमा पुर्व अध्यक्षद्वय रामप्रसाद पोख्रेल,ज्ञान प्रसाद ज्ञवाली, निर्बाचन मण्डलका सदस्य बेदराज ज्ञवाली ,गोपाल ज्ञवाली,शोभाकर पोखरेल लगायतले बोलेका थिए ।

    समाजका आजिवन सदस्य तथा सहयोगीहरूलाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।समाजमा गुल्मी थोर्गाबाट रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका  करिब २ सय ५० सदस्य आवद्ध रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology