Logo बुधवार, श्रावण १३ गते २०८३
images

भदौ २३ को दमन/हत्या र २४ को ध्वंसका जिम्मेबारलाइ कारबाहीकोमाग

भदौ २३ को दमन/हत्या र २४ को ध्वंसका जिम्मेबारलाइ कारबाहीकोमाग

  • 1.7K
    SHARES

  • भदौ २३ को दमन/हत्या र २४ को ध्वंसका जिम्मेबारलाइ कारबाहीकोमाग

    बुटवल,मंसिर २४ ।

    मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा भदौ २३ को दमन र हत्या र २४ को ध्वंसका जिम्मेबारलाइ कारबाहीका लागि अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले  जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका लुम्बिनी प्रदेशका कार्यालय प्रमुख सन्तोष आचार्य,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल,नेकपा माओबादी सीका जिल्ला सचिव बिरेन्द्र बिक, समाजका  केन्द्रिय सचीव डिपि खनाल लगायतले बोलेका थिए ।IMG_1462.jpeg

    रुपन्देही उपसभापति कृष्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सभापति अर्जुन ज्ञवालीको स्वागत तथा संचालन सहसचिव सिता पौडेलले गरेकी थिइन् ।

    सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर)को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology