Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ?

‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ?

  • 1.3K
    SHARES

  • ‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ?

    बुटवल,मंसिर २३ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुटवल ११ देवीनगर चाैपारीमा प्रदर्शन भएको हो ।

    प्रदर्शनपछि आयाेजित काेणसभामा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले  जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभयो।

    रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लीलाधर लुइटेलको संचालनमा तथा सदस्य अर्जुन कुवरको संयोजकत्वमा भएको सो कार्यक्रममा शान्ति समाजका  केन्द्रिय सचीव डिपि खनाल,बार एसोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनी, राष्ट्रिय मानवअधिकार आयोगका लुम्बिनी प्रदेशका कार्यालय प्रमुख सन्तोष आचार्य,लेखक ऋषि आजाद लगायतले बोलेका थिए ।

    समाजले आजै देशका १७ वटा जिल्लामा एकसाथ प्रदर्शन गरेको छ । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंसहित रुपन्देही, सुर्खेत, नवलपुर, चितवन, दाङ, गुल्मी, अछाम, कास्की, सल्यान, महोत्तरी, म्याग्दी, झापा, मोरङ, पाल्पा, तेह्रथुम, पर्सामा प्रदर्शन गरिएको हो । IMG_1340.jpeg

    राजधानीको माइतीघरमा भएको प्रदर्शनमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, निवर्तमान सभापति रामकृष्ण बराल, पूर्वसभापति होमकान्त चौंलागाईँ, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिवाकर पुडासैनीलगायतका अधिकारकर्मीहरुको उपस्थिति थियो । 

    प्रदर्शनकारीले ‘भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो, शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो, भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ ?’,‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन ?’,‘सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर’,लगायतका प्लेकार्ड बोकेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology