बुटवल,मंसिर २३ ।
रुपन्देहीमा शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव ०८२ आयोजना हुने भएको छ । शुद्धोधन गाउपालिका वडा न –६ फर्साटिकरमा मंसिर २४ गतेदेखि पुस ६ गतेसम्म महोत्सव हुन लागेको हो । ३ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ५ करोड भन्दा बढिको कारोबार हुने अपेक्षा संघको रहेको छ ।
शुद्धोधन उद्योग बाणिज्य संघले दोस्रो संस्करणमा गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुराएको जनाएको छ । महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लालमणी श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्र्धन, कृषि, पशुपालन, तरकारी, खाद्यान्य, फलफूल, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजार सम्भावना सहित सार्वजनिक प्रर्दशनी महोत्सवमा गरिने बताउनुभयो ।
त्यस्तै उहाले महोत्सवले व्यापारिक अवसरको विस्तार, स्थानीय व्यापारी, सहकारी, उद्यमी तथा उद्योगीहरुलाई एक अर्कासँग जोड्दै व्यवसायिक सम्भावनाको सृजना गर्ने बताउनुभयो ।
महोत्सवमा शुद्धोधनका ऐतिहासिक, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यहरुको प्रचार प्रसार गरिने संघका महासचिव विष्णु पंगेनीले बताउनुभयो । संघका उपाध्यक्ष तथा मेला संयोजक कृष्णप्रसाद सुवेदीले महोत्सवको माध्यमबाट स्थानीय वस्तुको प्रचारका साथै छपियाको माछालाई अझ बढी प्रवद्र्धन गर्न सकिने गरी आफूहरु लागि परेको बताउनुभयो । महोत्सवमा १२० बढी स्टल सहभागी हुने छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)