Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

इक्यान रुपन्देहीको अध्यक्षमा बस्नेत र सचिबमा यादव निर्वाचित

इक्यान रुपन्देहीको अध्यक्षमा बस्नेत र सचिबमा यादव निर्वाचित

  • 705
    SHARES

  • इक्यान रुपन्देहीको अध्यक्षमा बस्नेत र सचिबमा यादव निर्वाचित

    बुटवल,मंसिर २३  ।

    नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । इक्यानको आइतबार बुटवलमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट बस्नेत आगामी २ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

    अध्यक्ष पदमा दुई जनाको दाबी भएपछि मतदान प्रक्रियाबाट नेतृत्वको टुङ्गो लागेको हो । अर्का अध्यक्षका प्रत्यासी राजेश प्रसाद पाण्डे १ मतले पराजित भएका हुन् । कूल खसेको ३७ मतमा अध्यक्ष निर्वाचित बस्नेतले १९ मत प्राप्त गरेका थिए भने पाण्डेले १८ मत प्राप्त गरेका थिए । अन्य पदाधिकारी तथा सदस्यहरुमा भने सर्वसहमत भएको थियो ।

    जस अन्तरगत उपाध्यक्षमा दिपेश अर्याल,  सचिबमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल चयन भएका छन् । यसैगरी सदस्यहरुमा किरण राना, राम प्रसाद खड्का, शिव पौडेल र शिखर गिरि धिताल चयन भएका छन् ।

    यसअघि आयोजित उद्घाटनसत्रमा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले जेनजी आन्दोलनपछि शैक्षिक परामर्श केन्द्रहरुको भूमिका थप बढेको बताउँदै गम्भीर भएर लाग्नु पर्नेमा जोडदिएका थिए । युवाहरुलाई अध्ययनका लागि विदेश पठाउने मात्र नभई उनीहरुलाई स्वदेश फर्केर केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि आवश्यक रहेको बताए । यसैगरी इक्यान केन्द्रीय महासचिव दिपकराज भुसालले इक्यानको पक्षमा नीतिगत सुधारका लागि राज्यलाई आवश्यक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा इक्यानका विभिन्न केन्द्रीय पदाधिकारीहरु, वसभिन्न जिल्लाका प्रतिनिधि तथा सल्लाहकारहरुले बोल्दै संस्थालाई सधै चलायमान बनाएर सदस्यहरुको पेशागत हितमा काम गर्न सुझाब दिएका थिए । इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देव कुंवरले स्थापना कालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा प्राप्त अनुभवहरु बारे चर्चा गर्दै थप संगठित भएर अघि बढ्न जोड दिए ।

    इक्यान रुपन्देहीका वर्तमान अध्यक्ष गिरीराज पाण्डेले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विभसन्न व्यक्ति तथा सञ्चारकर्मीहरुलाई सम्मान गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology