बुटवल,मंसिर २३ ।
सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बुटवल ११मा अवस्थित जि २५ क्लबले लागु पदार्थ तथा दुब्र्यशनबिरुद्ध सचेतनामूलक मोटिभेशनलकार्यक्रम गर्ने भएको छ ।
क्लबले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म बुटवल उपमहानगरभित्रकाविभिन्न सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो । उक्तकार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजनागरि जानकारी दिएको छ ।
क्लबले मंसिर २४ गते बुटवल ११ स्थित प्रगतिमाध्यमिक विद्यालय, २५ गते बुटवल १७ को नमुना गौतम जनशक्ति आधारभूतविद्यालय, २६ गते नबिन औद्योगिक कदर बहादुररिता माध्यमिक र मैनाबगरमा रहेको सूर्योदय आधारभूत विद्यालयमा कार्यक्रम गर्नेक्लबका अध्यक्ष जयदिप न्यौपाने (जगदिश)ले बताउनुभयो ।क्लबका अध्यक्ष जयदिप न्यौपानले क्लबलेस्थापनाकालदेखि नै सामाजिक कार्यक्रम गर्दै आइरेको बताउँदै अहिले गर्न लागेकोलागुऔषध दुव्र्यसनी सम्बन्धी कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको बताउनुभयो । पछिल्लो समयमा विद्यालयका तहका विद्यार्थीहरु लागुऔषधमा फस्ने गरेकोले विद्यार्थीहरुलाई सचेत गराउनका लागि विद्यालयमा नै गएर कार्यक्रमगर्न लागेको उहाको भनाइ छ ।
बुटवल ११ र तिनाउ नदी आसपासको अव्यवस्थितबसोबासीका कारणले पनि त्यहाँ बस्ने बालबालिकाहरु विभिन्न गलत गतिविधि संलग्न हुनेक्रममा बढेकाले बुटवल ११ र अव्यवस्थित बसोबासी भएका क्षेत्रलाई लक्षित गरि कार्यक्रमगरेको उहाले बताउनुभयो ।अध्यक्ष न्यौपानेले सामाजिक संजालले पनिबालबालिकालाई विभिन्न अपराधिक गतिविधि गर्न प्रेरित गरेकाले अभिभावकले विशेष ख्यालगर्न लागेको बताउनुभयो ।
सचेतामूलक कार्यक्रममा आस्था समूहका सुमन हिताङ रसुमित कार्कीले मोटिभेशनल कार्यक्रम माफर्त विद्यार्थीहरुलाई सचेत गराउने क्लबका सचिव रेशमबहादुरमहराले बताउनुभयो ।यो कार्यक्रमबाट बिद्यालयहरुका करिब १ हजारबिद्यार्थीसहित अभिभावक लाभान्भित हुने क्लवले जनाएको छ ।
कार्यक्रमलाइ ग्लोबेन्सीएजुकेशनले बिशेष सहयोगी भूमिका खेलेको संस्थापक अध्यक्ष रमेशकुमार जोशीले बताउनुभयो ।कार्यक्रममा निवर्तमान अध्यक्ष निर्मल नेपाल,पूर्वअध्यक्ष देवलाल अर्गाली,मार्ग दर्शक बिमल नेपाल,संरक्षक प्रेम प्रसाद पाण्डे लगायतले बोल्दै क्लवले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दैआइरहेको बताउनुभयो । क्लवले बुटवलक्षेत्रमा समाजका विपन्न वर्गका बालबालिकालाईसहयोग, बुटवललाई हरियाली बनाउन विभिन्न स्थानमा बृक्षारोपण तथा रक्तदान लगायतका दर्जनौँसामाजिक काम गर्दै आइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)