बुटवल,मंसिर २१।
तिनाउ इङ्लिस बोडिङ् स्कुल बुटवल ११मा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा आज कक्षा ४ र ५ का अभिभावक र शिक्षकहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
प्राचार्य सीता पाण्डेले विद्यालयले विभिन्न कार्यक्रम र शैक्षणिक योजना मार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गरिरहेको साथै विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि सकारात्मक रूपले सहजीकरण गरिरहेको बताउनुभयो ।
त्यसैगरी सोही कार्यक्रमका प्रमुख वक्ताका रुपमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेले संस्कारसहितको शिक्षा दिँदै विद्यार्थीहरूलाई प्रविधिको सदुपयोग गर्न शिक्षक, अभिभावक र विद्यार्थी स्वयं सजक हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयका सहप्राचार्य सूर्यप्रसाद पाण्डे, विद्यालयका संयोजक नारायण पोखरेल, कक्षा १० का इन्चार्ज अग्निधर पोखरेल,शिक्षक बाबुराम सुबेदी , अतिरिक्त क्रियाकलाप प्रमुख नवीन शाक्य ,अभिभावक कपिल ज्ञवाली लगायतले बोल्दै नानीबाबुको भविष्य निर्माणमा उनीहरूको हरेक भावना बुझ्दै असल मार्ग निर्देशक बन्नुपर्ने सुझाव दिनुभयो।कार्यक्रममा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)