Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा सहकारी मर्ज अभियान : देवदह र कोलिय सहकारी गाभिंदा ८३ करोड ५६ लाख पुग्यो कुलपूँजी

रुपन्देहीमा सहकारी मर्ज अभियान : देवदह र कोलिय सहकारी गाभिंदा ८३ करोड ५६ लाख पुग्यो कुलपूँजी

  • 1.6K
    SHARES

  • रुपन्देहीमा सहकारी मर्ज अभियान : देवदह र कोलिय सहकारी गाभिंदा ८३ करोड ५६ लाख पुग्यो कुलपूँजी

     बुटवल, माघ ५ । 

    रुपन्देही रहेका सहकारीहरु मर्ज प्रकृयामा प्रबेश गरेका छन् । जिल्लाको देवदहमा रहेका दुई  सहकारी संस्थाहरुबीच शनिबार एकिकरण भई देवदह क्षेत्रकै ठुलो देवदह कोलिय सहकारी बनेको हो ।

    देवदहको कोलिय र देवदह सहकारी संस्था एकआपसमा गाभिएर कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो ।  दुई सहकारीबीच एकिकरण भएसँगै कोलिय देवदहको कुल पुजी ८३ करोड ५६ लाख ७६ हजार भएको छ भने बचत निक्षेप ६६ करोड ६५ लाख, कुल ऋण प्रवाह ६८ करोड ९१ लाख, संस्थागत पुजी ५ करोड दुई लाख, शेयर पुजी ७ करोड ८० लाख भएको छ ।

    दुई संस्था गाभिएर बनेको कोलिय देवदहका सदस्यहरु अहिले ८ हजार ७७ भएको कोलिय सहकारी संस्थाका अध्यक्ष भिमप्रसाद गुरुङ्गले जानकारी दिए ।

    यस अघि ६ हजार १ सय ८९ सदस्य रहेको कोलिय सहकारीको कुल पुजी ५१ करोड ४३ लाख, बचत निक्षेप ४१ करोड ८ लाख, ऋण प्रवाह ४२ करोड ९९ लाख छ भने २ हजार ३ सय ६४ सदस्य रहेको देवदह सहकारीको कुल पुजी ३२ करोड, वचत २५ करोड ५७ लाख, ऋण प्रवाह २५ करोड ९१ लाख रहेको गुरुङ्गले बताए ।devdaha 2 jpg.jpg

    दुबै संस्था एकिकरण (मर्ज) घोषणा सभा तथा प्रारम्भिक भेला गरेर एकिकरण भएको सार्वजनिक गरिएको छ । एकिकरण घोषणा सभाको उद्घाटन गर्दै संघिय सरकारका भुमि ब्यवस्था तथा  सहकारी मन्त्री पद्धमा अर्यालले एकिकरणले सहकारीमा सदस्य रिजाउने चुनौती बढ्ने भएकाले चुनौतिको सामना गरे नमुना सहकारी बन्ने बताइन् । उनले सहकारीलाई गुणस्तरीय र पारदर्शि बनाउने तर्फ सदस्यहरुको ध्यान केन्द्रीत हुनुपर्ने उल्लेख गरिन् ।

    एकिकृत घोषणा सभाको संयोजक प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ का सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद डा. कृष्ण न्यौपाने, नेफ्स्कुनका केन्द्रीय कोषाध्यक्ष केशव पोखरेल, सदस्य कृष्ण नेपाल, देवदह साकोसका पुर्व अध्यक्ष शुवकान्त न्यौपाने, देवदह साकोसका पुर्व अध्यक्ष कृष्ण पौडेल लगायतले सहकारीलाई जोखिम रहित बनाउने कुरामा जोड दिएका छन् ।devdaha 1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology