Logo बिहिवार, आश्विन १ गते २०८३
images

भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि ७०० भन्दा बढी व्यक्तिहरू पक्राउ

भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि ७०० भन्दा बढी व्यक्तिहरू पक्राउ

  • 504
    SHARES

  • भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि  ७०० भन्दा बढी व्यक्तिहरू पक्राउ

    काठमाडाैँ,मंसिर २१ ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि ७०० भन्दा बढी व्यक्तिहरू पक्राउ परिसकेका छन्। गत सातासम्म नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशभरि ७०५ जना पक्राउ परेका छन्। 

    यसरी पक्राउ पर्नेहरूमध्ये काठमाडौं उपत्यकामा मात्रै सबैभन्दा धेरै छन्। उत्यकामा मात्रै कुल ३११ जना पक्राउ परेका छन्। जसमा १६९ वटा मुद्दा दर्ता भएका छन्। काठमाडौंमा मात्रै २६१ जना, ललितपुरमा २७ जना र भक्तपुरमा २३ जना पक्राउ परेका छन्।

    यीमध्ये १५१ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो। यीमध्ये पनि ८३ जना आपराधिक पृष्ठभूमिका देखिएका छन्।यसरी तथ्यांक हेर्ने हो भने ५४ प्रतिशत व्यक्तिको आपराधिक पृष्ठभूमि देखिएको छ। कतिपय व्यक्तिहरू कारागारबाट भागेर पक्राउ परेकाहरू समेत रहेका छन्।

    प्रहरीले जेनजी आन्दोलनमा धेरैजसो तोडफोड, आगजनी लगायतका घटनामा संलग्न भएको देखिएको भन्दै आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाएको छ। त्यसबाहेक हतियार लुटपाट तथा अन्य कसुरमा मुद्दा चलाएको हो। काठमाडौं जिल्ला प्रहरी परिसरबाट १४६ वटा छुट्टाछुट्टै मुद्दाहरू दर्ता भएका छन्। सबैभन्दा धेरै आपराधिक उपद्रव कसुरमा ९६ वटा मुद्दा दर्ता भएका छन्। त्यही कसुरमा मात्रै १५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    यसबाहेक भदौ २४ गते काठमाडौंमा चार जनाको हत्यामा संलग्न १३ जना पक्राउ परेका छन्। उनीहरू पुर्पक्षका लागि थुनामा छन्।काठमाडौंमा मात्रै पक्राउ परेका २६१ जनामध्ये कतिपय धरौटीमा रिहा भएका छन् भने कतिपय थुनामा छन्। ललितपुरमा मात्रै पनि प्रहरीले १७ वटा र भक्तपुरमा ६ वटा मुद्दा दर्ता भएका छन्।कोशी प्रदेशमा मात्रै कुल ८५ जना पक्राउ पर्दा २७ वटा मुद्दा दर्ता भएका छन्।

    त्यस्तै मधेस प्रदेशमा पनि ५० जना व्यक्ति पक्राउ पर्दा उनीहरूमाथि २८ वटा मुद्दा दर्ता भएका छन्।बागमती प्रदेशमा ८४ जनाविरूद्ध ४० वटा मुद्दा, गण्डकी प्रदेशमा ९६ जनाविरूद्ध ३४ वटा मुद्दा र लुम्बिनी प्रदेशमा ८७ जनाविरूद्ध ३८ वटा मुद्दा दर्ता भएका छन्।

    कर्णाली प्रदेश र सुदुरपश्चिममा पक्राउ र मुद्दा दर्ताको संख्या न्यून छ। यी दुई प्रदेशमा भने जेनजी आन्दोलनको क्रममा क्षति पनि कम छ। कर्णालीमा चार जना पक्राउ पर्दा तीन वटा मुद्दा र सुदूरपश्चिममा १४ जना पक्राउ गर्दा चार वटा मुद्दा दर्ता भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology