Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलमा नेवार कन्याहरुको सामूहिक ईहि यज्ञ तथा कयता पूजा शुरु

बुटवलमा नेवार कन्याहरुको सामूहिक ईहि यज्ञ तथा कयता पूजा शुरु

  • 699
    SHARES

  • बुटवलमा नेवार कन्याहरुको सामूहिक ईहि यज्ञ तथा कयता पूजा शुरु

    बुटवल, मंसिर २० ।

    बुटवलमा नेवार कन्याहरुको सामूहिक ईहि यज्ञ तथा कयता पूजा शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषद्को आयोजनामा कालिका मन्दिरमा आजदेखि तिनदिने सामूहिक ईहि यज्ञ तथा ब्रतबन्ध  कयता पूजा कार्यक्रम शुरु भएको हो । नेवारी कला, धर्म, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ २३ औं संस्करणको कार्यक्रम गर्न सफल भएको परिषदका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।

    काठमाडौंका नेवार पंडितले  कन्या तथा उनीहरुको अभिभावकहरुलाई विधिपूर्वक ईहि संस्कारका सबै विधिहरु गर्दै आएका छन् । नेवार समुदायको कन्या रजस्वला हुनु भन्दा पहिले गरिने अनिवार्य संस्कारमध्ये ईहि एक भएको उनले बताए ।

    सामूहिक ईहि गरिदा मितव्ययी हुने भएकाले पनि पछिल्लो समय यसमा आकर्षण रहेको उनले बताए । पुचमार्फत विभिन्न अक्षयकोषहरु छन् । जसबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले बताए । नेवार पितृहरुको सम्झनामा पितृ अक्षयकोष स्थापना गरिएको उनले बताए ।

    पुचका सचिव तथा लक्ष्मी श्रेष्ठले वार्षिक रुपमा ईहिलाई निरन्तरता दिदै आएको बताइन् । यो वर्ष ४२ जना नेवार कन्याहरु सहभागी रहेका छन् । सात जना बटुकको ब्रतबन्ध समेत हुने उनले बताए । ३ दिने कार्यक्रममा रुपन्देहीसहित लुम्बिनी प्रदेशका अन्य जिल्लाका कन्या तथा बटुकहरुकाे सहभागिता रहेकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology