बुटवल, मंसिर १६ ।
जी ट्वान्टिफाइभ क्लव बुटवलले अस्थायी प्रहरी चौकी देवीनगरमा सहयोग प्रदान गरेको छ । प्रहरी चौकी देबीनगर प्रमुख टेकराज भण्डारीलाई क्लवका अध्यक्ष जगदिश न्यौपानेले एक थान दराज प्रदान गर्नुभयो ।
त्यस्तै बुटबल ११ देबीनगर निबासी ११ नंम्बर वडा कार्यलयमा कार्यरत्त कर्मचारी शिक्षा थापा क्षेत्रीकी छोरी युनिसा श्रेष्ठ अध्ययनको क्रममा अष्ट्रियामा बस्दै आएको र निजलाई अकस्मात उच्चरक्तचाप भई टाउकोमा रत्त संचार बन्द भई शारिरीक क्षति भएकोले उपचार खर्च अभाब भएको कारणले क्लब पन्ध्र हजार एकसय आर्थीक सहयोग गरेको क्लवका अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)