बुटवल, मंसिर १५ ।
३८ औं विश्व एड्स दिवसको अवसरमा अक्सबृज इन्टरनेशनल एकेडेमीले बुटवलमा सचेतना र्याली निकालेको छ । ‘अवरोधहरुलाई पार गरौं, एडस प्रतिकार्य रुपान्तरण गरौ’ भन्ने नाराका साथ विभिन्न प्लेकार्डसहित विद्यार्थी शिक्षकसहितको र्याली कालिकानगरदेखि राजमार्ग चौराहासम्म निस्केको थियो ।
एकेडेमीका कार्यबाहक अध्यक्ष गोबिन्द खनालले एड्सबाट जोगिन र जोगाउने सचेतना अभियानमा विद्यार्थीहरुको भूमिका प्रभावकारी हुने बताए । विश्व स्वास्थ्य संगठनले मानवता जोगाउन अभियानसहित एडसको रोकथामको पहल गरेको बताउदै उनले समुदायलाई नै अगाडि बढाउँदा एड्सप्रति अपहेलना घट्ने र अन्त्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले विद्यार्थी मार्फत समाजमा सचेतनामूलक कार्यक्रम गरेकोमा प्रशंसा व्यक्त गरे । पोख्रेलले एडस रोग नभई समस्या रहेको भन्दै यसको रोकथामको लागि ऐकेबद्धता आवश्यक रहेको बताए ।
कार्यक्रममा ऐकेडेमीका प्रबन्धक निर्देशक डीपी खनालले एडसबाट आफू पनि बचौं र अरुलाई पनि बचाउ भन्ने सन्देश सहित जिल्लामा प्राविधिक शिक्षाको पढाई हुने संस्थाले पहिलो पटक सचेतनामूलक कार्यक्रम गरेको बताए ।
अक्सवृज एकेडेमी यस क्षेत्रको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने स्थापित शैक्षिक संस्था हो ।
विद्यार्थी अक्षता थापाले आफूजस्ता युवा विद्यार्थी यस्ता रोग नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्ने बताइन् । कार्यक्रमको सञ्चालन ऐकेडेमीका संयोजक अशोक यादवले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)