Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अख्तियारमा राईको प्रवेशपछि कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा

अख्तियारमा राईको प्रवेशपछि कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा

  • 2.1K
    SHARES

  • अख्तियारमा राईको  प्रवेशपछि कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा

    बुटवल,माघ २१- 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् । कार्यबाहक प्रमुख डा गणेश राज जोशीले राजीनामा दिँदै सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका हुन् ।

    आयुक्त भएपनि पछिल्लो समय कार्यबाहकको भूमिकामा रहेका  जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा दिएका हु्न् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी थिइन् भने उनीहरुको आजै पद तथा गोपनियताको शपथ भएको थियो । 

    जसअनुसार राईको अख्तियारमा प्रवेश भएको हो । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् । 

    यस्तै अख्तियारको आयुक्तमा जयबहादुर चन्दको समेत नियुक्ति भएको छ । उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो ।rajinama.jpgrajinama.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology