Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलमा शुभ यात्राको ‘वान स्टप, वान स्टोर’संचालन

बुटवलमा शुभ यात्राको ‘वान स्टप, वान स्टोर’संचालन

  • 1.3K
    SHARES

  • बुटवलमा शुभ यात्राको ‘वान स्टप, वान स्टोर’संचालन

    बुटवल ,मंसिर १४ ।

    शुभ यात्रा शपले बुटवलमा आफ्नो तेस्रो आउटलेट सञ्चालनमा ल्याएको छ ।

    वैदेशिक रोजगारी, अध्ययन र भ्रमणमा जानेहरूका लागि आवश्यक सबै सामग्री एउटै स्थानमा उपलब्ध गराउनेउद्देश्यसहित  मिलनचोकस्थितबुटवल सिटी सेन्टरको भवनमा सेवा प्रारम्भ गर्दै शुभ यात्राले ‘वान स्टप, वान स्टोर’ अभियानमार्फत ग्राहकलाईसहज र एकीकृत सेवा दिने जनाएको छ ।

    विभिन्न देशको वातावरण, मौसम र भूगोलअनुसार आवश्यक सामग्री छनोट गर्न सकिने सुविधासहितको नयाँशाखाको उद्घाटन बुटवलका प्रख्यात उद्योगी तथा व्यवसायी महेन्द्र नारायण श्रेष्ठले शुक्रबार साँझ गरे ।

    उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले बुटवलमा नयाँ अवधारणासहितको सपिङ सेन्टर सुरु हुनु सकारात्मक रहेकोउल्लेख गरे । उनले विदेश जाने व्यक्तिहरूका लागि आवश्यक सबै सामग्री एउटै छानामुनि उपलब्ध गरिने भएकालेयसले सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

    शुभ यात्राका सञ्चालक भुवन गिरीले पहिलो शाखा दुई वर्षअघि काठमाडौंको पुतलीसडकमा सञ्चालनमा आएकोजानकारी दिए । सफलतापूर्वक सेवा सञ्चालन गरेपछि मोफसलमा विस्तार गर्दै बुटवलमा पनि सेवा सुरु गरिएकोउनले बताए ।

    शुभ यात्राका डाइरेक्टर रमेश पाण्डेले विदेश जाने सेवाग्राहीलाई लक्षित गुणस्तरीय सामग्री तथा आवश्यकपरामर्शसहित सेवा प्रदान गरिने बताए ।

    अर्का सञ्चालक दर्शन खनालले विद्यार्थी र यात्रुहरूलाई केवल कपडाबेच्ने उद्देश्य नभई ‘सारथी’को भूमिकामा रहँदै समग्र सहजीकरण गर्ने लक्ष्य रहेको बताउँदै सेवाको प्रभावकारिताबढाउने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, मंसिर १४ २०८२१०:१०:३०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology