Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

बुटवलमा लुम्बिनी कप कराते प्रतियोगिता हुदै,३० विद्यालय सहभागी हुने

बुटवलमा लुम्बिनी कप कराते प्रतियोगिता हुदै,३० विद्यालय सहभागी हुने

  • 1.2K
    SHARES

  • बुटवलमा लुम्बिनी कप कराते प्रतियोगिता हुदै,३० विद्यालय सहभागी हुने

    बुटवल, मंसिर १३ ।

    नेपाल सितोरियो कराते संघ, रूपन्देहीले यहीँ मंसिर १८ गतेदेखि विद्यालय स्तरीय कराँते प्रतियोगिता गर्ने भएको छ ।

    कराँते खेलाडी उत्पादन र खेलको प्रबद्र्धन गर्ने उद्देश्यसहित संघले जिल्लाका विद्यालय स्तरीय लुम्बिनी कप कराते प्रतियोगिता गर्न लागेको हो । संघ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । 
    प्रतियोगितामा ३० विद्यालय सहभागी हुने संघका अध्यक्ष नारायण थापाले जानकारी दिए । मिनि र एडेड क्याडेड गरी दुई समूहमा प्रतिष्पर्धा गराइने छ । प्रतिष्पर्धामा धेरै मेडल प्राप्त गर्ने विद्यालयलाई उपाधि प्राप्त गर्नेछन । ३ दिनसम्म चल्ने प्रतियोगिता बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कूलमा सञ्चालन हुनेछ । 
    प्रशिक्षक उमेश थापाले कराते प्रशिक्षण भएका विद्यालयबीच प्रष्पिर्धा हुने बताए । अर्का प्रशिक्षक सन्तोष सिंहले कराते खेलको विकास र विस्तार विद्यालय तहबाट हुने आवश्यक रहेको बताए । खेलकूद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले कराते खेलको विकासका लागि मिडियाको तर्फबाट सहयोग रहने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, मंसिर १३ २०८२०७:२१:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology