Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रुरु क्षेत्रधाम रिडीमा एघारौँ भजन महोत्सव तथा शंख बादन प्रतियोगिता सम्पन्न

रुरु क्षेत्रधाम रिडीमा एघारौँ भजन महोत्सव तथा शंख बादन प्रतियोगिता सम्पन्न

  • 762
    SHARES

  • रुरु क्षेत्रधाम रिडीमा एघारौँ भजन महोत्सव तथा शंख बादन प्रतियोगिता सम्पन्न

    पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा एघारौँ भजन महोत्सव तथा शंख बादन प्रतियोगिता सम्पन्न भएको छ । रुरु धार्मिक सेवा सन्चार प्रालिको आयोजनामा कार्यक्रम भएको हो । विवाह पञ्चमीको अवसरमा आयोजित महोत्सवको स्वामि नारायण मुक्तिनाथधाम बुटवलका प्रमुख संरक्षण स्वामि लोकानन्दले उद्घाटन गर्नुभयो । सो अवसरमा आर्शिवचन प्रदान गर्दै स्वामि लोकानन्दले रुरुक्षेत्र संसारमै परिचित धार्मिक तीर्थ भएको स्मरण गर्दै धार्मिक गतिबिधिहरुले शक्तिपिठहरुलाइ थप परिचित र चलायमान बनाउने बतायउनुभयो । उहाँले शंख बादन र भजन प्रतियोगिताले मानिसलाइ धर्मका माध्यमबाट स्वस्थ बन्न मदत मिल्ने बताउनुभयो । 
    बालगुरु बैणवानन्द ब्रह्मचारीले नेपालका तिर्थहरुको संरक्षण र प्रचारप्रसार गरेमा धर्मका लागि भन्दै भारतका शक्तिपिठहरुमा धाउन नपर्ने बताउनुभयो । महोत्सवमा विगतका वर्षहरूजस्तै दोहोरो शंख बजाउने प्रतियोगिता,  पत्रकार सम्मान, , दानवीर सम्मान लगायतका कार्यक्रम गरिएको अध्यक्ष चूडामणि तिमिल्सिनाले बताउनुभयो ।
    कार्यक्रममा रुरुक्षेत्र गाउपालिकाका अध्यक्ष यदु ज्ञवाली ,स्वतन्त्र नागरिक समाजका राष्ट्रिय अध्यक्ष विश्वराज गैरे  लगायतले बोलेका थिए ।IMG_0607.jpeg
    भजन प्रतियोगितामा प्रथम पुरस्कार १७ हजार र प्रमाणपत्र, द्वितीय पुरस्कार १० हजार र प्रमाणपत्र, तृतीय पुरस्कर ५ हजार र प्रमाणपत्र र सान्त्वना पुरस्कार २ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

    यस्तै, शंख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार १५ सय र प्रमाणपत्र, द्वितीय पुरस्कार १ हजार र प्रमाणपत्र तृतीय पुरस्कार ७ सय र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार २ जनालाई ५ सयका दरले पुरस्कार प्रदान गरिएको छ ।नेपालमै फरक खालको कार्यक्रम गर्ने भएको हुँदा रुरु धाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने भक्तजनका लागि भन्डाराको समेत व्यवस्था गरिएको संयोजक खेमराज ज्ञवाली कृष्णले बताउनुभयो ।

    कार्यक्रममा पितृहरूको सम्झनामा श्रीमद्भागवत पाठपारायण, वेद, चण्डी पाठ हवन शिवजीको पूजा तथा ग्रहशान्तिसमेत  गरिएको छ ।कार्यक्रमको संचालन सञ्चारकर्मी भुवन भुुसालले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology