Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुक्तिनाथ धाममा भाेलिदेखि श्रीमद्भागवत बराहापुराण प्रवचन तथा हवनात्मक अनुष्ठान हुँदै

मुक्तिनाथ धाममा भाेलिदेखि श्रीमद्भागवत बराहापुराण प्रवचन तथा हवनात्मक अनुष्ठान हुँदै

  • 5.5K
    SHARES

  • मुक्तिनाथ धाममा भाेलिदेखि  श्रीमद्भागवत बराहापुराण प्रवचन तथा हवनात्मक अनुष्ठान हुँदै

    बुटवल,माघ २१- 

    बुटवल १२ मा रहेको श्रीस्वामीनारायण मुक्तिनाथ धाममा श्रीमद्भागवत बराहापुराण प्रवचन तथा हवनात्मक अनुष्ठान हुँदैछ । हरेक बर्ष महायज्ञ गर्दै आइरहेको मुक्तिनाथ धाममा भोलिदेखि हुने बराहापुराण प्रवचन तथा हवनात्मक अनुष्ठानको तयारी पूरा भएको छ ।

    राष्ट्र कल्याणका निम्ति चौधौँ महायज्ञ माघ २२ गते देखि २९ गतेसम्म हुने श्रीस्वामीनारायण मुक्तिनाथ धामका प्रमुख संरक्षक स्वामी लोकानन्दले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।  LOKANANDA SWAMI.jpg

    धर्म, संस्कृती र परम्पराको रक्षार्थ जन र जगतको कल्याणको कामनार्थ गत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतिकुल परिस्थिती भएपनी आध्यात्मीक कर्महरुलाई निरन्तरता दिइने उहाको भनाइ छ ।

    उहाँले भन्नुभयो-‘यज्ञहरु हाम्रा वैदिक सनातन धर्मका मूलभुत मेरुदण्ड हुन्, यिनलाई नियमन गर्नु हाम्रो परम कर्तव्य हो ।’ दैनिक १०८  आरतीबाट भगवानको दिव्य सेवा प्रदान गरिने हुदा आरती कर्ता बनी पूण्य आर्जन गर्न  श्रीस्वामी नारायण मुक्तिनाथ धाम वार्षिक यज्ञ तथा पर्व व्यवस्थापक समितिका अध्यक्ष धर्मराज आचार्यले  आग्रह गर्नुभयो ।

    २२ गते बिहान १० बजे यज्ञ कलश यात्रा,यज्ञ समुद्घाटन १२ बजे,दैनिक प्रवचन प्रत्येक दिन ११ बजे बाट ५ बजेसम्म रहने छ भने  वचनामृत प्रवचन स्वामी श्री लोकानन्द ज्यूको मुखारविन्द बाट हुनेछ भने  प्रमुख वाचक आचार्य श्री विष्णु ज्ञवालीबाट हुने जनाइएको छ ।

    प्रत्येक दिन १  घण्टा प्रवचन प्रसिद्ध सन्त तथा विद्धान गुरुहरुबाट हुनेछ भने दैनिक हवन ९ देखि  ४ बजे सम्म रहने श्रीस्वामीनारायण मुक्तिनाथ धामले जनाएको छ ।mahayagya.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology