बुटवल,मंसिर ७ ।
परोपकार एकादशी जागरण भजन कृतन संस्था बुटवल १२ नयांगाउंले खुवाइएको छ ।
बुटवल ११ मा रहेको नेपाल अपाङ्ग आश्रमका ४४ जना र बुटवल १५ मा रहेको लुम्बिनी दृष्टिबिहिन आश्रमका ३३ जना गरि ७७ जनालाइ भोजन गराएको छ ।
उनीहरूमध्ये शनिबार बिहान लुम्बिनी दृष्टिबिहिन आश्रममा र साझ भने नेपाल अपाङ्ग आश्रममा भोजन गराएको परोपकार एकादशी जागरण भजन कृतन संस्थाका अध्यक्ष तुलसीराम भण्डारीले बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष चोपकला पौडेल,सचिव मिना जिसी,आश्रमका अध्यक्ष डोलबहादुर रामदाम,युवराज आचार्य लगायतले बोल्नुभयो । सो समुहले दउसी भैलोबाट उठेको रकमबाट बनभोज नगरि आश्रमका आश्रितहरूलाइ खाना खुवाएर परोपकारि काम गरेको बक्ताहरूको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)