Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

तिनाउ स्कुलले खेलेको देउसीभैलोबाट संकलित रकमले न्यानो कपडा तथा खाद्यान्न सहयोग

तिनाउ स्कुलले खेलेको देउसीभैलोबाट संकलित रकमले न्यानो कपडा तथा खाद्यान्न सहयोग

  • 1.0K
    SHARES

  • तिनाउ स्कुलले खेलेको देउसीभैलोबाट संकलित रकमले न्यानो कपडा तथा खाद्यान्न सहयोग

    बुटवल,मंसिर ७ ।

    तिनाउका सहयोगी हातहरूको सक्रियतामा फरक क्षमता भएका मानिसहरूको सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट न्यानो कपडा तथा खाद्यान्न सहयोग गरीएको छ ।

    समितिले शर्मिला ज्ञवालीको संयोजकत्वमा बुटवल–११ देवीनगर निवासी प्यारालाइसिसका बिमारी मानबहादुर थारुलाई दोस्रोपटक न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ । यस्तै बुटवल–११ प्रगतिनगरस्थित नेपाल अपाङ्ग आश्रममा समेत सिरक, डसना, खाद्यान्न लगायत अन्य जिन्सी सामग्री सहयोग गरेको छ ।67a6e465-8a75-4c2a-9c46-7aebb8ab0b71.jpeg

    पहिलो चरणको सहयोग कार्यक्रम पश्चात पुनः थप अन्य सहयोगका कार्यक्रमहरु सञ्चालन गरिने समितिकी कोषाध्यक्ष मुना ज्ञवालीले बताइन् ।

    सचिव सुस्मिता आचार्यको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य सूर्य पाण्डे, कक्षा १० का इन्चार्ज अग्निधर पोखरेल, कक्षा ९ का इन्चार्ज दुर्गा केसी लगायतका शिक्षक तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।43744eb6-7e7a-4788-93c2-913b1851deaa.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, मंसिर ७ २०८२०६:४७:२१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology