Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले गरायो दल दर्ता

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले गरायो दल दर्ता

  • 741
    SHARES

  • राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले गरायो दल दर्ता

    काठमाडौँ,मंसिर ७ ।

    राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षर चल्ने गरी आयोगमा दल दर्ता गरेको हो ।

    केन्द्रीय कार्यसमितिको असोज २८ को बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।त्यसबेला उनले पुनस् सक्रिय राजनीति नगर्ने सन्देश पनि दिएका थिए । तर आज दल दर्ता गर्दा सभापति देउवाकै नाम कांग्रेसले अघि बढाएको छ ।

    यसले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि टिकट वितरणमा देउवाले आफ्नो सक्रियता देखाउन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology