Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा लीलामणि शर्मा

लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा लीलामणि शर्मा

  • 510
    SHARES

  • लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा लीलामणि शर्मा

    भैरहवा, मंसिर ७।

    लुम्बिनी होटल संघ नेपालको सातौं वार्षिक साधारण सभा तथा चौथोे अधिवेशन सम्पन्न भएको छ । शनिबार लुम्बिनीमा सम्पन्न साधारण सभा तथा अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि लीलामणि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    संघको वरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्षमा भुपेन्द्र गुरुङ, महासचिवमा टिका कुमारी कट्टेल, सचिवमा एकराज कण्डेल, कोषाध्यक्षमा दिपक पंगेनी र सह–कोषाध्यक्षमा धिरज भण्डारी निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त तथा संघका कानूनी सल्लाहकार प्रख्यात बन्जाडेले बताउनुभयो । त्यस्तै सदस्यहरुमा पद्मा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दिपेन्द्र लाल बनियाँ, अशोक कुमार गुप्ता, किशोर यादव, अनिल कुमार गुप्ता, रोजन शाक्य र जनक बहादुर सोमई मगर निर्वाचित हुनुभएको बन्जाडेले जानकारी दिनुभयो ।

    त्यसै गरी संघको वरिष्ठ सल्लाहकारमा हेम बहादुर बिष्ट, सल्लाहकारमा निवार्तमान अध्यक्ष मिथुन मान श्रेष्ठ, वाणिज्य सल्लाहकारमा राजेश काजी श्रेष्ठ, प्रेस सल्लाहकारमा दीपेन्द्र बडुवाल, सल्लाहकारमा कृष्ण गुरुङ, पुरुषोत्तम अर्याल र अख्तर हुसेन रहनुभएको छ ।

    साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुहुँदै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनकै माध्यमबाट मुलुकमा आर्थिक समृद्धि ल्याउन सकिने बताउनुभयो । उहाँले सबै मिलेर पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेयले प्रकृतिले नै नेपाललाई पर्यटनको देश बनाएको उल्लेख गर्नुभयो ।

    त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा चिनाएर बढी भन्दा बढी पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनले पर्यटकको बसाई लम्ब्याउन लुम्बिनीमा धार्मिक गतिविधि बढाउन नगरपालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो ।लुम्बिनी बौघ विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख दयानिधि गौतमले विश्वविद्यालय र क्याम्पसले लुम्बिनी होटल संघसित निरन्तर सहकार्य गरेको बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन गम्भीर बहस आवश्यक रहेको बताउनुभयो । सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि वर्तमान सरकारसँग कुरा गरिने बताउनुभयो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology