कौरव खत्री/गुल्मी,मंसिर ७।
गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घा स्थित श्री कुर्घा आधारभुत विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
साथै विद्यालयमा स्थापित जन्मदिनकोषमा संकलित रकमबाट विद्यालयमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई लागि न्यानो कपडा रुपमा ट्याकसुट वितरण गरिएको श्री कुर्घा आधारभुत विद्यालयका प्रधानाध्यापक सुमित्रा उपाध्यायले जानकारी दिनुभयो ।
साथै मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा गुल्मीमा जन्मेर हाल कर्मभूमी बेल्जियममा रहनुभएका सफल व्यवसायी मनकारी एंव समासेवी घनश्याम शर्मा पंगेनीले विद्यालयको जन्मदिनकोषको लागि नगद रु. ५०हजार सहयोग गर्नु भएको विद्यालयका प्रधानाध्यापक उपाध्यायले जानकारी दिनुभयो ।
त्यस्तै सोही अवसरमा कुर्घा रुपन्देही सम्पर्क समाजद्धारा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्र्तगत कपी र पेन वितरण गरिएको समाजका अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो । 
त्यस्तै कार्यक्रमका अवसरमा मुसिकोट नगपालिका ६ निवासी समाजसेवी तारा बहादुर विष्टले विद्यालयको खानेपानीको टंकी व्यवस्थापन तथा सोही वडा निवासी समाजसेवी राम बहादुर रायमाझीले जिन्सी व्यवस्थापनको आर्थिक सहयोग गर्नुभएको थियो ।
साथै विद्यालयको लागि आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुलाई विद्यालयका प्रधानाध्यापक उपाध्यायले धन्यवाद दिनुभयो ।कार्यक्रममा कुर्घा आधारभूत विद्यालयका कार्यबाहक अध्यक्ष मुम बहादुर बिककाे अध्यक्षता तथा मुसिकाेट नगरपालिका ६का वार्ड अध्यक्ष खड्क बहादुर खड्काकाे प्रमुख आतिथ्यता रहेको थियो ।
भने कार्यक्रममा वडा सदस्य हिरा विक,कुर्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष प्रकाश थापा लगायत समाजसेवी सहयोगदाता,अभिभावकहरुको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)