Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

शान्ति समाज रुपन्देहीको प्रदर्शन,विद्यालयलाइ शान्ति क्षेत्र घोषणा गर्न माग

शान्ति समाज रुपन्देहीको प्रदर्शन,विद्यालयलाइ शान्ति क्षेत्र घोषणा गर्न माग

  • 1.5K
    SHARES

  • शान्ति समाज रुपन्देहीको प्रदर्शन,विद्यालयलाइ शान्ति क्षेत्र घोषणा गर्न माग

    बुटवल,मंसिर५ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा बुटवलको हस्पिटललाइनमा शान्तिपूर्ण प्रदर्शन गरेकोछ।
    शान्ति समाजले विद्यालयलाइ शान्ति क्षेत्र घोषणा,  बालबालिकालाई राजनीति दुरुपयोग र जूलूसमा सहभागी नगराउन, उनीहरुको  उज्ज्वल भविस्यको लागि हिंसा मुक्त समाज सुनिश्चित गर्न सबै संबेदनसिल हुनुपर्नेमा जोड दिएको छ। साथै शिक्षा क्षेत्रमा हुने राजनितिकरण अन्त्य हुनुपर्ने एवं  शैक्षिक प्रतिष्ठानमा आगजनी र तोडफोड गर्नेलाइ दन्डित गर्नुपर्ने माग गरेकोछ।

    प्रमुख वक्ता  शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले  समाजका सरोकारवाला क्षेत्रहरु अझै पनि बालबालिका मैत्री बाताबरण हुन नसकेको चिन्ता व्यक्त गर्दै अविलम्ब  बालबालिकाको स्वास्थ्य, शिक्षा, उज्ज्वल भविस्य, क्षमता विकासको प्रवन्ध गर्नुपर्ने औल्याउँनु भयो ।
    शान्ति समाजका केन्द्रिय सचिव डिपि खनालले बाल सुधार गृहमा आफुहरु अनुगमन गर्दा  सुधार गर्नुपर्ने देखिएको बताउनुभयो। उच्च अदालत बुटवल इजलास बार एसोसिएसन अध्यक्ष गोविन्द मरासिनीले  बालबालिकाले कानुनी प्रबन्ध गरेको अधिकार अनिवार्य उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।
    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली दिगो लोकतन्त्रले  मात्र बालबालिकाको अधिकार सुनिस्चित हुने औल्याउँदै व्यावसायिक र औद्योगिक वातावरणको लागि शान्ति पहिलो शर्त भएको उल्लेख गर्नुभयो।
    नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विस्वास ढकालले  मानवअधिकार, स्वतन्त्रता र बालबालिकाको लागि शान्ति समाजको साथमा रहेको वताउनुभयो ।
    शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले भोलिका देश निर्माताहरु आजका बालबालिका भएकोले तिनीहरुको गास, वास, कपास, शिक्षा, सस्कार, सद्भाव, स्वास्थको सुनिश्चितता आजको आवश्यकता रहेको उल्लेख्य गर्नुभयो।
    पुर्व सभापति,  पुर्व पदाधिकारी, कार्यसमिति, आजिवन सदस्य, साधारण सदस्य, नागरिक अगुवा, अभियान्ता र संचार कर्मीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता शान्ति  समाज रुपन्देही सभापति अर्जुन ज्ञवाली, स्वागत उपसभापति कृष्ण पाण्डे  र संचालन सहसचिव अर्जुन कुवरले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, मंसिर ५ २०८२१०:१५:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology