बुटवल,मंसिर ५ ।
लायनेश क्लव अफ बुटवलले नेवारी कन्याहरूको सामुहिक बेल बिवाह (इहीयज्ञ ) कार्यक्रम शुरू गरेको छ । बुटवलको राधाकृष्ण मन्दिरमा भएको २ दिने कार्यक्रममा ३४ जना नेवारी कन्याहरूको सहभागिता छ ।
क्लवका अध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवारी कन्याहरूको बाजागाजा र बिधिबत पुजा आजासहित इयज्ञ शुरू गरिएको क्लवका सल्लाहकार नरेश कुमार श्रेष्ठले बताउनुभयो ।
इयज्ञको प्रमुख अतिथि डिस्ट्रिक गभर्नर पिएमजेएफ बलाराम भट्टराईले शुभारम्भ गर्दै नेवार समुदायको संस्कार र संस्कृति नै उत्कृष्ट भएको बताउनुभयो । सो अवसरमा कार्यक्रम संयोजक निरन्ता अमात्य, क्लवका सचिव गंगा पन्थी सचिव,पुर्व अध्यक्ष
राजकुमार अमात्य ,दिनेश प्रसाद श्रेष्ठ,राधाकृष्ण मन्दिरका अध्यक्ष शर्मिला जोशी ,पण्डित हरिशरण राज उपाध्याय लगायतले बोलेका थिए । वेलविवाह भोलि समापन हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)