Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

शंकर र महेश एयरपोटमा अड्किए, एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताबिच बाराको सिमरामा झडप

शंकर र महेश एयरपोटमा अड्किए, एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताबिच बाराको सिमरामा झडप

  • 840
    SHARES

  • शंकर र महेश एयरपोटमा अड्किए, एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताबिच बाराको सिमरामा झडप

    बारा,मंसिर ३ ।

    नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडपभएको छ  ।

    झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ  । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेटभत्काइदिएका छन्  । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयबाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए  ।

    नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो  । कार्यक्रममाप्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेशबस्नेत सिमरा आउँदै थिए  ।

    युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागिआह्वान गरेका थिए । सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए ।

    अर्कोतिर काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनिविमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो  । त्यसक्रममा एमालेका एक नेताले एकयुवालाई थप्पड हानेपछि स्थिति तनावग्रस्त बनेको स्थानीयले बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, मंसिर ३ २०८२१२:५२:४२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology