Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

क्यानन माबिमा ‘दोस्रो आईटी क्वीज’ मणिमुकुन्द प्रथम

क्यानन माबिमा ‘दोस्रो आईटी क्वीज’ मणिमुकुन्द प्रथम

  • 2.6K
    SHARES

  • क्यानन माबिमा ‘दोस्रो आईटी क्वीज’ मणिमुकुन्द प्रथम

    बुटवल, कार्तिक २९  ।

    क्यानन माध्यमिक विद्यालय बुटवल स्थित रोवटिक क्लवको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो आईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम भएको छ ।

    रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भई आईटी क्वीजमा प्रथम हुन सफल भएको हो । यस्तै अक्सफोर्ड इगलिश बोर्डिङ स्कूल द्धितिय र तृतिय ग्रिन प्लान्ट आवासिय मावि देवदह भए ।

    प्रथम, द्धितिय र तृतीय टोलीलाई विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले पुरस्कार वितरण गरे ।प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरे ।

    कार्यक्रममा लुम्बिनी इञ्जिनियरिङ्ग कलेजका निर्देशक तुलसी प्रसाद सापकोटाले विश्व नै सूचना र प्रविधिमा अगाडि बढेकाले क्याननले आईटी क्वीज कार्यक्रम गरेर विद्यार्थीहरुलाई उर्जा थपेको बताए । उनले सूचना प्रविधिका बारेमा सोधिएका प्रश्नहरुले विद्यार्थीलाई आईटीतर्फ आर्कषित गर्ने समेत बताए ।
    यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले आफुहरुले विद्यार्थीहरुलाई आईटीप्रती रुची जगाउन र प्रोत्साहन गर्नकै लागि गत वर्षदेखि आईटी क्वीज कार्यक्रम सुरु गरिएको बताए । उनले सहभागी विद्यालय र विद्यार्थीप्रती आभार व्यक्त गर्दै यसले प्रतिभावान विद्यार्थीहरुको क्षमता पहिचान गराएको समेत बताए ।
    क्यानन माविले आईटी प्रवद्र्धन गर्ने उदेश्यले गत बर्षदेखि  कक्षा ३ देखि १२ सम्म एनसिसि युके सर्टिफाइड डिजि कम्युटर कोर्स पढाउँदै आएको छ । जसअन्तर्गत कक्षा ११÷१२ मा साईबर सेक्युरिटी र जुनियर कक्षाहरुमा कोडिङ र एनिमेशनको पढाई गराइरहेको जनाएको छ । यसका साथै कक्षा ३ देखि नै विद्यार्थीहरूले आईटी सम्बन्धित प्रोजेक्ट वर्क गराउने गराउँदै आएको छ ।
    कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दीपक पौडेल, सह प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने, अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी सहित शिक्षक एव्म विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    रोवटिक क्लबका अध्यक्ष विश्वास भट्टराईको अध्यक्षता, विद्यार्थी स्मृति सापकोटा तथा सम्राट ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी सफल शर्माले प्रतियोगिताको नियमहरुबारे बताएका थिए । प्रतियोगितामा पूर्ण रुपमा प्रविधिलाई प्रयोग गरिएको थियो ।
    ९९९९९९९९९९९९

    क्याननमा आईटी क्वीज सम्पन्न, मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम

    बुटवल, कार्तिक २८ – क्यानन माध्यमिक विद्यालय बुटवल स्थित रोवटिक क्लबको आयोजनामा भएको जिल्ला स्तरीय दोस्रो आाईटी क्वीज प्रतियोगिता २०८२ मा मणिमुकुन्द सेकेन्डरी स्कुल प्रथम भएको छ । रुपन्देहीका विभिन्न १९ वटा विद्यालयमध्येबाट उत्कृष्ट ६ मा छनौट भई आईटी क्वीजमा प्रथम हुन सफल भएको हो । यस्तै अक्सफोर्ड इगलिश बोर्डिङ स्कूल द्धितिय र तृतिय ग्रिन प्लान्ट आवासिय मावि देवदह भए । प्रथम, द्धितिय र तृतीय टोलीलाई विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले पुरस्कार वितरण गरे ।

    प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा लुम्बिनी इञ्जिनियरिङ्ग कलेजका निर्देशक तुलसी प्रसाद सापकोटाले विश्व नै सूचना र प्रविधिमा अगाडि बढेकाले क्याननले आईटी क्वीज कार्यक्रम गरेर विद्यार्थीहरुलाई उर्जा थपेको बताए । उनले सूचना प्रविधिका बारेमा सोधिएका प्रश्नहरुले विद्यार्थीलाई आईटीतर्फ आर्कषित गर्ने समेत बताए ।

    यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले आफुहरुले विद्यार्थीहरुलाई आईटीप्रती रुची जगाउन र प्रोत्साहन गर्नकै लागि गत वर्षदेखि आईटी क्वीज कार्यक्रम सुरु गरिएको बताए । उनले सहभागी विद्यालय र विद्यार्थीप्रती आभार व्यक्त गर्दै यसले प्रतिभावान विद्यार्थीहरुको क्षमता पहिचान गराएको समेत बताए ।

    क्यानन माविले आईटी प्रवद्र्धन गर्ने उदेश्यले गत बर्षदेखि  कक्षा ३ देखि १२ सम्म एनसिसि युके सर्टिफाइड डिजि कम्युटर कोर्स पढाउँदै आएको छ । जसअन्तर्गत कक्षा ११÷१२ मा साईबर सेक्युरिटी र जुनियर कक्षाहरुमा कोडिङ र एनिमेशनको पढाई गराइरहेको जनाएको छ । यसका साथै कक्षा ३ देखि नै विद्यार्थीहरूले आईटी सम्बन्धित प्रोजेक्ट वर्क गराउने गराउँदै आएको छ ।

    कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक दीपक पौडेल, सह प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने, अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी सहित शिक्षक एव्म विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    रोवटिक क्लबका अध्यक्ष विश्वास भट्टराईको अध्यक्षता, विद्यार्थी स्मृति सापकोटा तथा सम्राट ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी सफल शर्माले प्रतियोगिताको नियमहरुबारे बताएका थिए । प्रतियोगितामा पूर्ण रुपमा प्रविधिलाई प्रयोग गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology