बुटवल,कार्तिक २६ ।
जे.भी. फाउन्डेसनको प्रदेश र जिल्ला समितिको सपथग्रहण कार्यक्रम भएको छ ।
केन्द्रीय अध्यक्ष वरिष्ठ राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्यज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश तथा समितिको सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम जे.भी. फाउन्डेसन रुपन्देही जिल्ला समितिको आयोजनामा सम्पन्न भएको हो। सो अवसरमा जिल्ला समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूले आ–आफ्नो पद तथा जिम्मेवारीको सपथ ग्रहण गर्नुभएको थियो।
मुख्य अतिथि प्रा. डा. वैद्यज्यूले नयाँ पदाधिकारीहरूलाई शुभकामना दिँदै फाउन्डेसनका मुख्य उद्देश्यहरू — समाजसेवा, ऐक्यबद्धता र राष्ट्रिय विकासमा सक्रिय योगदान पुर्याउन आग्रह गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन रुपन्देही जिल्ला अध्यक्ष मधु रायमाझीले गर्नुभएको थियो।
त्यस अवसरमा केन्द्रीय अध्यक्ष प्रा. डा. वैद्यज्यू, लुम्बिनी प्रदेश प्रमुख र उप–प्रमुख, साथै रुपन्देही जिल्ला अध्यक्षसहितको टोलीले गजेन्द्र मोक्षय दिव्य धाम, नवलपरासी (पूर्व)को अवलोकन भ्रमण पनि गर्नुभएको थियो। भ्रमणको उद्देश्य धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्यटन प्रवर्द्धनमा फाउन्डेसनको योगदानलाई सुदृढ बनाउने रहेको थियो।
फाउन्डेसनको टोलीले उक्त स्थलको सरसफाइ, व्यवस्थापन तथा आगामी योजनाबारे स्थानीय समितिसँग समन्वयात्मक छलफल पनि गरेको थियो।
यसअघि, फाउन्डेसनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्या संन्यास आश्रम, भैरहवामा एक गाडी चामल, दाल तथा लत्ताकपडा हस्तान्तरण गरी समाजसेवामा आफ्नो प्रतिबद्धता प्रकट गरेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)