Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘बहादुर कर्णेल’ को सालिक निर्माणका लागि रायमाझीबाट आर्थिक सहयोग

‘बहादुर कर्णेल’ को सालिक निर्माणका लागि रायमाझीबाट आर्थिक सहयोग

  • 702
    SHARES

  • ‘बहादुर कर्णेल’ को सालिक निर्माणका लागि रायमाझीबाट आर्थिक सहयोग

    पाल्पा,कार्तिक २६।

    पाल्पा बल्ढेङ्गढीका समाजसेवी तथा सहयोगी व्यक्तित्व रेशम रायमाझीले नेपालको इतिहासमा वीरताको प्रतिमूर्तिका रूपमा चिनिएका “बहादुर कर्णेल” गम्भीर सिंह रायमाझीको पूर्णकद सालिक निर्माणका लागि रु १ लाख ५१ हजार ५ सय १० सहयोग प्रदान गर्नुभएको छ ।

    संयुक्त राज्य अमेरिका (युएसए)मा बसोबास गर्दै आएका रायमाझीले आफ्नो उद्गमस्थल पाल्पा छहरामा निर्माणाधीन सालिकका लागि उक्त सहयोग रकम रायमाझी कुलदेवता समिति केन्द्रीय कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

    करिब रु. ११ लाख लागतमा बन्ने सालिक निर्माण कार्यका लागि उनले आवश्यकता अनुसार थप  रकम सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।रायमाझी परिवारको ऐतिहासिक व्यक्तित्व “बहादुर कर्नेल” नेपाली सेनाका कमाण्डिङ्ग कर्णेल गम्भीर सिंह रायमाझी हुनुहुन्थ्यो ।

    उहाँले तेस्रो नेपाल–तिब्बत युद्धमा देखाएको साहस र भारतको १८५७ सिपाही विद्रोहमा प्रदर्शन गरेको अदम्य वीरता आज पनि नेपाली सेनाको गौरवको अध्याय बनेको छ ।

    भारतको जौनपुर नजिकैको चन्दा क्षेत्रमा भएको भीषण युद्धमा रायमाझीले खुकुरी प्रयोग गर्दै पाँच जना शत्रुलाई पराजित गर्नुभएको थियो । उहाँले कब्जा गरिएको तोपलाई पुनः आफ्नो फौजको नियन्त्रणमा ल्याएका थिए । युद्धकै क्रममा पेटमा गहिरो चोट लाग्दा आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा उहाँले तत्कालै कचौरामा राखी पटुकाले बाँधेर युद्धलडी सफलता प्राप्त गर्नुभएको थियो ।

    यस अद्भुत साहसका कारण उनलाई तत्कालिन नेपाल सरकारले ‘बहादुर कर्नेलको’ पदवी प्रदान गरेका थियो । नेपाली सेनाले रायमाझीको योगदानलाई सदैव स्मरण गर्दै आएको छ । उहाँको स्मरणमा रायमाझी कुलदेवता समितिले पाल्पाको छहरामा निर्माण गर्नका लागेको पूर्णकदको सालिकका निम्ति रेशम रायमाझीले आर्थिक सहयोग प्रदान गर्नुभएको हो । रेशम रायमाझी, पाल्पा बल्ढेङ्गढी निवासी नरबहादुर रायमाझीका नाती र समाजसेवी निरखबहादुर रायमाझीका सुपुत्र हुन् ।

    विदेशमा रहँदै पनि आफ्नो जन्मभूमिप्रति समर्पित रायमाझीले विगतका वर्षहरूमा समेत थुप्रै सामाजिक र मानवीय कार्यहरूमा आर्थिक सहयोग पु¥याउँदै आउनुभएको छ ।

    रायमाझीले बल्ढेङ्गढी निवासी मृगौला पिडित विमला रास्कोटीलाई रु. १ लाख ५ हजार ८ सय २५, जगद्गुरु पीठ भैरहवालाई भजन सामग्री खरिदका लागि रु. ४० हजार बराबर सहयोग गर्नुभएको छ  । पाल्पा बल्ढेङ्गढी समाजलाई २७ हजार लगायत धेरै व्यक्ति तथा संघसस्थालाई रेशम रायमाझीले यो आर्थिक वर्षमा मात्र सहयोग प्रदान गरेको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology