Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

जेनजीको सैनामैना नगर कार्यसमिति गठन

जेनजीको सैनामैना नगर कार्यसमिति गठन

  • 636
    SHARES

  • जेनजीको सैनामैना नगर कार्यसमिति गठन

    बुटवल,कार्तिक २५ ।

    रूपन्देहीको सैनामैनामा शनिबार Gen-Z रूपन्देही नेपालले आफ्नो सैनामैना नगर कार्यसमिति औपचारिक रूपमा घोषणा गरेको छ। युवा नेतृत्व, सामाजिक चेतना र परिवर्तनको सन्देश बोकेको यो अभियानको नयाँ पानाको सुरुवात, उत्साह र प्रतिबद्धतामाझ सम्पन्न भएको थियो।

    कार्यक्रमको अध्यक्षता Gen-Z रूपन्देही नेपालका संयोजक राजु श्रेष्ठले गर्नुभयो। प्रमुख अतिथि तुलसीकुमार भुसाल, विशिष्ट अतिथि जिल्ला सचिव सुरज पोख्रेल, अतिथि Zen XY बुटवल संयोजक तथा सल्लाहकार बसन्त ग्यवाली, गौतम बुद्ध मानव सेवा केन्द्रका संयोजक विक्रम तिवारी, भोला पौडेललगायतको उपस्थिति कार्यक्रममा उल्लेखनीय बन्यो।

    संयोजक राजु श्रेष्ठले आफ्ना भनाइमा युवापुस्ताको भूमिका देश परिवर्तनको केन्द्रमा रहेको बताउँदै भने –

    “Gen-Z केवल नाम होइन, यो सोच हो। यो पुस्ताले अब समाजमा सकारात्मक परिवर्तन ल्याउने निश्चय गरेको पुस्ता हो।”

    त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तुलसीकुमार भुसालले Gen-Z अभियानलाई नयाँ युगको चेतनाको आन्दोलनका रूपमा वर्णन गर्दै शुभकामना  दिए।  

    नवगठित Gen-Z सैनामैना नगर समितिको नेतृत्व यसप्रकार छः
     • संयोजक: सुप्रिया अञ्जली घिमिरे
     • सह–संयोजक: उत्तम थापा
     • सचिव: लोचन पन्थी
     • सह–सचिव: सिदान्त भण्डारी
     • कोषाध्यक्ष: मजील श्रेष्ठ

    सदस्यहरू:
    यमबहादुर खड्का, समिर राना, सुनिल श्रेष्ठ, सितल परियार, प्रेम पुन, अभिषेक श्रेष्ठी, भरत भट्ट, रिदम भुसाल, साजन केसी, मदन धर्ती मगर, सिसन श्रेष्ठ, अभिस आले, प्रभात पुन, र आसिम काउचा। 

    “अन्याय र भ्रष्टाचारविरुद्ध खबरदारी हाम्रो पहिलो कदम” – संयोजक सुप्रिया अञ्जली घिमिरे

    कार्यक्रममा बोल्दै नयाँ संयोजक सुप्रिया अञ्जली घिमिरेले दृढ स्वरमा भनिन् –

    “Gen-Z सैनामैना अब अन्याय, अत्याचार, अनियमितता, सोसण र भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने जनआवाज बन्नेछ। हामी केवल विरोध गर्दैनौं, समाधान खोज्ने पुस्ता हौं।” 


    कार्यक्रममा विभिन्न वक्ताहरूले Gen-Z अभियानलाई “नयाँ पुस्ताको जनजागरणको आन्दोलन” भन्दै शुभकामना दिएका थिए। उनीहरूको भनाइमा, Gen-Z ले युवाहरूमा जिम्मेवारी, सचेतना र सेवा भाव जगाउँदै देशमा पारदर्शिता र परिवर्तनको नयाँ सुरुवात गर्नेछ। 

    कार्यक्रमको सञ्चालन मनोज विश्वकर्माले गरेका थिए भने सम्पूर्ण जानकारी तथा समन्वय भिमसेन श्रेष्ठले गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, कार्तिक २५ २०८२०८:०७:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology