Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

एक्यान लुम्बिनीमा शंकर र रुपन्देही अध्यक्षमा अच्यूत निर्वाचित 

एक्यान लुम्बिनीमा शंकर र रुपन्देही अध्यक्षमा अच्यूत निर्वाचित 

  • 3.2K
    SHARES

  • एक्यान लुम्बिनीमा शंकर  र रुपन्देही अध्यक्षमा अच्यूत निर्वाचित 

    बुटवल,कार्तिक २३ ।

    चार्टर्ड एकाउण्टेण्ट्हरुको छाता संस्था  नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा नयाँ  नेतृत्व चयन भएको छ । 

    नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको ३६ औं कार्यसमितिको लागि भएको निर्बाचनबाट लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।SHANKAR ARYAL.jpg

    निर्वाचनबाट  नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ लुम्बिनी प्रदेश अध्यक्षमा सिए शंकर अर्याल र रुपन्देहीको जिल्ला अध्यक्षमा सिए अच्यूत पाण्डे निर्बिरोध निर्बाचित भएका छन । समितिको कार्यकाल २ वर्षको रहनेछ । 

     बिगत १० बर्ष देखि बिभिन्न संघ संस्थामा काम गर्दै आएका   लुम्बिनी प्रदेशमा निर्वाचित प्रमुख अर्याल हाल रुपन्देहीमा अडिट पेशामा संलग्न छन ।

    उनले सम्पूर्ण सदस्यहरुको हक़ हितका लागि कार्यक्रम गर्ने र सबैलाई एक जुट बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

    यस्तै केन्द्रीय अध्यक्षमा सिए अनुप नेपाल निर्बाचित भएका छन । आफ्ना प्रतिद्वन्द्वी सिए बद्री कुमार गुरागाईलाई ६८ मतले पराजित गर्दै नेपाल अध्यक्षमा निर्वाचित भएका हुन । केन्द्रीय कार्यसमितिको लागि लुम्बिनी प्रदेशमा रुपन्देही र बाँकेमा निर्वाचन भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology