Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

अटिजम पाठशाला नेपाल गुल्मीको आठौँ साधारण सभा तथा अटिजम सचेतना उत्सव

अटिजम पाठशाला नेपाल गुल्मीको आठौँ साधारण सभा तथा अटिजम सचेतना उत्सव

  • 2.5K
    SHARES

  • अटिजम पाठशाला नेपाल गुल्मीको आठौँ साधारण सभा तथा अटिजम सचेतना उत्सव

    बुटवल,कार्तिक २३ ।
    अटिजम पाठशाला नेपाल गुल्मीको आठौँ साधारण सभा तथा अटिजम सचेतना उत्सव कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रम

    पूर्वप्रदेश सांसद कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकोहो ।

    कार्यक्रमका संस्थाका अटिजम अपाङ्गता भएका विद्यार्थी अभिभावक जग्गादाता अक्षय कोष दाता आजीवन सदस्य तथा अन्य संघ संस्था प्रतिनिधिज्यूहरूको उपस्थिति रहेको थियो। संस्थाका स्वयंसेवक तथा विद्यालय विभाग प्रमुख अमृता कडेलले संस्थाको प्रगति प्रतिवेदन, कार्य योजना तथा रु ३६ लाख आम्दानी खर्च प्रस्तुत गर्दै स्वयंसेवक कर्मचारी ४ विद्यार्थी ११, २८ लाख अक्षय कोष तथा १०५ जना आजीवन सदस्य रहेको जानकारी दिनुभयो ।55835504-be6d-4bbd-8c46-fa26b633d432.jpeg

    प्रमुख अतिथि पूर्व माननीय कमलराज श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वीकार गर्न आग्रह गर्नुभयो। विशिष्ट अतिथि रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले संस्थाले गरेको सेवा तथा प्रगतिको प्रशंसा गर्दै पालिकाले हर तरहले सहयोग गर्ने बताउनुभयो।

    व्यवहार थेरापिस्ट रन्जु शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुले बुझ्ने तरिकाले सिकाउन र उनीहरूको फरकपनालाई सबैले स्वीकार गर्न आग्रह गर्नुभयो डाक्टर विकास पन्थीले अटिजम के हो भन्ने शीर्षकमा मन्तव्य राख्दै अटिजम भएका व्यक्तिहरूलाई यथाशक्य छिटो निदान तथा हस्तक्षेप गर्दा उनीहरूको उल्लेख्य प्रगति हुने कुरा बताउनुभयो।

    कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा सदस्य घनश्याम ज्ञवाली, जग्गादाता तुलसीकुमारी श्रेष्ठ, ऋषिकेश मन्दिर व्यवस्थापन समिति अध्यक्ष परशुराम भट्टराई, श्रृंगा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मिना गौतम , नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौवाका प्रधानाध्यापक श्री भरतराज कंडेल, रुरु गौशाला आश्रमका कार्यवाहक अध्यक्ष सीता ज्ञवाली, कुमारी बैंकका प्रबन्धक भीष्म ज्ञवाली, संस्कृत तथा साधारण माविका धनञ्जय भण्डारी ले शुभकामना मन्तव्य राख्नुभयो ।  

    संस्थाका स्वयंसेवक शिक्षकहरू अम्बिका ज्ञवाली तथा लक्ष्मी सिग्देलले "अटिजम के हो" भन्ने जनचेतनामूलक गीत प्रस्तुत गर्नुभयो। कार्यक्रममा निस्वार्थ सेवाका लागि डाक्टर विकास पन्थी तथा रञ्जु शर्मालाई सम्मान गरिएको थियो।

    उक्त कार्यक्रममा श्री लक्ष्मी पाण्डे, डोरविक्रम श्रीस, धनञ्जय भण्डारी , मुक्त प्रसाद श्रेष्ठ त्रिविक्रम ज्ञवाली ,जमुना गैरेले संस्थाको आजीवन सदस्यता लिनुभयो संस्कृत तथा साधारण माविका गुरुकुलमका बटुहरूको स्वस्तिवाचन बाट सुरु भएको कार्यक्रमको सञ्चालन गोपी भण्डारी तथा अध्यक्षता रेणुका पन्थीले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, कार्तिक २३ २०८२०८:१४:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology