Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

श्री स्वामिनारायण मुक्तिनाथ नारी जागृती समुहको स्थापना दिवस तथा धर्मसभा

श्री स्वामिनारायण मुक्तिनाथ नारी जागृती समुहको स्थापना दिवस तथा धर्मसभा

  • 1.1K
    SHARES

  • श्री स्वामिनारायण मुक्तिनाथ नारी जागृती समुहको स्थापना दिवस तथा  धर्मसभा

    बुटवल,कार्तिक २३। 
    श्री स्वामिनारायण मुक्तिनाथ नारी जागृती समुह बुटवल १२ को १८ओै स्थापना दिवस तथा १४ ओौ धर्मसभा (साधारणसभा) सम्पन्न भएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवलउपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले भौतिक बिकास मात्रै होइन त आध्यात्मिक चिन्तन जरूरी रहेको बताउनुभयो । धार्मिक पर्यटकीय क्षेत्रको बिकासमा मुक्तिनाथ धाम केन्द्रबिन्दु बन्न सकेको बताउनुभयो ।बुटवल १२ -१३ को बिकासले उल्लेख्य फड्को मारेको उल्लेख समेत गर्नुभयो ।IMG_9593.jpeg
    सो अवसरमा पंचधामका संरक्षक तथा मुक्तिनाथधामका प्रमुख संरक्षक स्वामि लोकानन्दले  मुक्तिनाथमा स्थापित नारी जागृति समुह अब देशब्यापि बनाउने बताउनुभयो । उहाले आउने माघमा मुक्तिनाथ महायज्ञका लागि तयारी गरिएको जानकारी दिनुभयो ।
    कार्यक्रममा प्रतिबेदन पेश गर्दै समुहकाअध्यक्ष बिष्णु बोहोराले २०६४ सालदेखि नै क्रियाशिल भएपनि बिधिबत रूपमा २०६८ कार्तिक २३ गते दर्ता भएको बताउनुभयो । उहाले समुहमा हाल ५०० जना आजिवन सदस्य रहेको बताउनुभयो । उहाले अब यसलाइ नगर,प्रदेशमा समेत उपसमितिहरू बनाउने,सदस्यता बिस्तार,सम्मान,संस्कृत गुरूकुललाइ सेवादान गर्ने ,तिर्थयात्रा गर्ने लगायतका भावि योजना रहेको बोहोराको भनाइ छ ।IMG_9626.jpeg
    सो अवसरमा बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य,समुहका निवर्तमान अध्यक्ष पुष्पा सापकोटा,हालका बरिष्ठ उपाध्यक्ष शोभा पोखरेल,महासचिव ईश्वरा अर्याल, गौरीमाया सुवेदी लगायतले बोल्नुभएको थियो । सो अवसरमा अध्यक्ष बोहोरा तथा कोषाध्यक्ष लिला गौतमको प्रतिवेदन पेश भएको छ भने कार्यक्रममा समुहका पुर्व पदाधिकारीलाइ सम्मानपत्रले सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology