Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

नेपाली कम्युनिस्ट पार्टी घोषणासभा

नेपाली कम्युनिस्ट पार्टी घोषणासभा

  • 855
    SHARES

  • नेपाली कम्युनिस्ट पार्टी घोषणासभा

    काठमाडौँ,कार्तिक १९ ।

    नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ ।

    भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

    सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् ।माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् ।

    माओवादीसँगको एकताप्रति असन्तुष्ट जनाउँदै आएका एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा आएर सम्मेलनमा सहभागी भएका छन् ।

    तर, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, कार्तिक १९ २०८२०३:०३:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology