बाजुरा, कात्तिक १५ ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिका –१ को कोल्टी बसपार्कदेखि मार्तडी हुँदै धनगढी जान लागेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस सडकमै पल्टिदा चालकसहित पाँच जना घाइते भएका हुन् ।
घाइते हुनेमा बडिमालिका –७ का ४२ वर्षिया शंकरराज सार्की ३२ वर्षिया जयराज जैशी, बुढीनन्दा –१ का ५३ वर्षिया सेते लुहार ५३ वर्षीया जङ्गबीर सार्की र ४४ वर्षिया जयलाल विक र गौमुल गाउँपालिका –६ का २१ वर्षिया चालक तुलाराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइतहरुलाई अहिले उपचारका लागि कोल्टी आधारभूत अस्पतालमा लिएर उपचार भइरहेको छ । घाइतको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगन भाटले बताउनुभयो ।
बाटो साँगुरो भएका कारण बस दुर्घटना भएको बताइएको छ । बस दुर्घटना हुँदा अहिले पाँच जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बुढीनन्दा नगरपालिका –१ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पतालमा लिएको सुदूरपश्चिम यातायात बाजुराको उद्धार समिति सदस्य रामचन्द गिरीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)